-
चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता हुने

धनगढी, १९ असोज । चैतन्य स्पोट्र्स एकेडेमी, धनगढीको आयोजनामा चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।पाठशालाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही असोज २४ र २५ गते चैतन्य पाठशालाको फुटसल कोर्टमा सञ्चालन हुने जानकारी दिइएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा दर्ता भई सञ्चालनमा रहेको चैतन्य स्पोट्र्स एकेडेमीले शिक्षक तथा शिक्षाकर्मीलाई…
-
थारु गाउँमा सखियाको रौनक

धनगढी, १३ असोज । कैलालीको थारु बस्तीमा परम्परागत सखिया नाचको रौनक सुरू भएको छ ।दसैं नजिकिएसँगै थारु समुदायले गाउँघरमा सखियाको ‘पैँया’ (सखिया नृत्य) देखाउन थालेका हुन् । अट्वारी पर्व लगत्तै सखियाको पैँया सुरू गर्ने चलन रहेको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका सूर्य चौधरीले बताए ।यो पर्व सकिएपछि गाउँघरमा दसैँको तयारीस्वरूप परम्परागत एवम् मौलिक नृत्य सखिया नाचको…
-
किसानलाई राहत र व्यवस्थापनको माग

काठमाडौं, १२ असाोज । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग…
-
कैलारी सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

हसुलिया, ११ असोज । कैलारी गाउँपालिका–१, हसुलिया कैलालीस्थित कैलारी सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बतासु चौधरीको अध्यक्षतामा सम्पन्न सभामा संविधानसभा सदस्य वीरमान चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए ।कार्यक्रममा छिमेक लघुवित्त संस्था लिमिटेडका शाखा प्रमुख लालबहादुर चौधरी, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सचिव कुलराज चौधरी लगायत अतिथि, शेयर…
-
परम्परागत सिपले आत्मनिर्भर चुल्हुवा

धनगढी, ८ असोज । कैलालीको कैलारी गाउँपालिका–१ बिसनपुरका ६१ वर्षीय चुल्हुवा चौधरीको घर वरिपरि बाँसघारी छ । घरायसी कामकाजमा प्रयोगका लागि बाँस रोप्नु भएका चौधरी अब भने बाँसबाटै आम्दानी गर्न थालेका छन् ।बाबुबाजेले सिकाएको परम्परागत सिप उपयोग गरेर उनले बाँसको सामग्रीबाट आम्दानी गर्न थालेका हुन् । उनले बाँसको छिटुवा (डालो) र डिलिया (माछा राख्ने भाँडो)…
-
जलवायु वित्त र वन शासनमा महिलाको भूमिका विषयक कार्यशाला

धनगढी, ७ असोज । जलवायु वित्त र वन शासनमा महिलाको भूमिका, नेतृत्व र अर्थपूर्ण सहभागिता विषयक सुदूरपश्चिम प्रदेश स्तरीय क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ ।आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (DGM Nepal) को आयोजनामा उक्त कार्यशाला बुधबार धनगढीमा सम्पन्न भएको हो । जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका महिला, आदिवासी जनजाति र…