विकास रत्गैंयाधनगढी, १६ कात्तिक । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ बर्का बसन्तामा दसैं मिलन एवं दिपावलीको शुभकामना आदान–प्रदान तथा थारू सांस्कृतिक कार्यक्रम २०८३ भव्यताका साथ सम्पन्न भएको छ ।कैलारी गाउँपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा थारू टेलिभिजनको आयोजनामा कार्यक्रम भएको हो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरी एक भव्य कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै थारू कला संस्कृति संरक्षण गर्न सबैको दायित्य रहेको बताएका थिए ।कार्यक्रमको विशिष्टि… [...]
धनगढी, १२ कात्तिक । थारू समुदायमा धान थन्क्याउने परम्परागत विधि खेन्हुवा र खढीको चलन विस्तारै हराउँदै गएको छ । आधुनिक तरिकाले छिटो धान थन्क्याउने प्रविधि आएसँगै यस्तो लोकप्रिय चलन हराएको हो । विगतमा यो समुदायका मानिसले खेन्हुवा बनाएर त्यसमा धान थन्क्याउने गर्थे । कुनै निश्चित ठाउँमा धान राख्नका लागि बनाएको आँगन जस्तो ठाउँलाई खेन्हुवा भनिन्छ । खेन्हुवामा उनीहरूले घर जस्तै बनाएर धान थन्क्याउने गर्थे । यसरी धान थन्क्याउने कार्यलाई खढी बनाएको भनिन्थ्यो । अचेल काटेको एक÷दुई दिनभित्रै खेतमै धान… [...]