११ आश्विन २०८३, आईतवार September 27, 2026

कैलारी सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

११ आश्विन २०८३, आईतवार
कैलारी सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

हसुलिया, ११ असोज । कैलारी गाउँपालिका–१, हसुलिया कैलालीस्थित कैलारी सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बतासु चौधरीको अध्यक्षतामा सम्पन्न सभामा संविधानसभा सदस्य वीरमान चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए ।
कार्यक्रममा छिमेक लघुवित्त संस्था लिमिटेडका शाखा प्रमुख लालबहादुर चौधरी, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सचिव कुलराज चौधरी लगायत अतिथि, शेयर सदस्य तथा सहकारीकर्मीहरूको उपस्थिति रहेको थियो।
सभामा संस्थाको आर्थिक वर्षको आय–व्यय, वित्तीय अवस्था, प्रगति तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। प्रस्तुत आर्थिक विवरणअनुसार संस्थाको कुल सञ्चालन आम्दानी रु. २४ लाख ७४ हजार ९ सय ५० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै, कुल सञ्चालन खर्च रु. २० लाख ५८ हजार ६ सय ९ रुपैयाँ ५४ पैसा रहेको छ।
आम्दानी र खर्चको विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षमा सञ्चालन नाफा रु. ४ लाख १६ हजार ३ सय ४१ रुपैयाँ ११ पैसा आर्जन गरेको देखिन्छ। त्यस्तै, संस्थाको गैर–सञ्चालन आम्दानी रु. १ लाख ३ हजार ९ सय ७६ रुपैयाँ ९१ पैसा रहेको आर्थिक विवरणमा उल्लेख छ।
वित्तीय विवरणअनुसार संस्थाको कुल सम्पत्ति रु. १ करोड ९९ लाख ९८ हजार ४ सय ५२ रुपैयाँ ८२ पैसा रहेको छ। संस्थाको कुल दायित्व रु. १ करोड ३४ लाख १३ हजार ७ सय ५० रुपैयाँ ७७ पैसा तथा कुल पुँजी रु. ६५ लाख ८१ हजार १ सय २ रुपैयाँ ५ पैसा रहेको विवरणमा उल्लेख छ।
संस्थाको सम्पत्तिमध्ये सदस्यहरूलाई ऋण तथा सापटी रु. १ करोड २७ लाख ९५ हजार १ सय ५३ रुपैयाँ रहेको छ भने संस्थाको शेयर पुँजी रु. २९ लाख १२ हजार ६ सय रहेको छ। त्यस्तै, साधारण जगेडा कोषमा रु. ३१ लाख ८८ हजार ४ सय ६७ रुपैयाँ ३० पैसा रहेको विवरणमा देखिन्छ।
सभामा सहकारीको आर्थिक अनुशासन, सदस्यको हित, बचत तथा ऋण कारोबारलाई थप व्यवस्थित बनाउने तथा संस्थालाई आगामी दिनमा अझ प्रभावकारी र सदस्यकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले सहकारी संस्थाले स्थानीय समुदायको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउँदै सदस्यको विश्वास र सहभागितालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएक थिए ।
अध्यक्ष बतासु चौधरीले संस्थाको प्रगति र सदस्यहरूको विश्वासलाई कायम राख्दै आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कैलारी सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभाले संस्थाको आर्थिक प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सदस्यको आर्थिक समृद्धि र सहकारीको संस्थागत विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।