-
कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

धनगढी, ३० असार । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३.२ मेट्रिकटनको दरले चैते धान उत्पादन भएको हो । जिल्लाको दक्षिणी क्षेत्रमा बढीजसो चैते धान खेती गर्ने गरिएको छ । खास गरेर बर्खामा बाढी, डुबान समस्या हुने क्षेत्रका किसानले चैते धान खेती गर्दै…
-
प्रदर्शनमा ‘भागदौड’

धनगढी, २७ असार । चलचित्र भाडदौड आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रको मुख्य भूमिका धनगढी उपमहानगरपालिकाको शिवनगर घर भएका कलाकार घनश्याम जोशी तथा अर्काे मुख्य कलाकारमा विशाल पोखरेल छन् ।धनगढीको एसटीएस सिनेमा हलमा पनि चलचित्र भाडदौड प्रदर्शन भइरहेको छ । यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ…
-
१० वर्षीय बालक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ

धनगढी, २३ असार । कैलालीको धनगढी उपमहानगरपालिका–१७ का १० वर्षीय बालक तनुज चौधरीको हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।घटना भएको १० दिनपछि प्रहरीले गौरीगङ्गा नगरपालिका–६ का २५ वर्षीय खगेन्द्र भन्ने खेमराज कठायतलाई आज पक्राउ गरेको हो । असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वन क्षेत्रमा वीभत्स हत्या गरिएको अवस्थामा बालकको…
-
मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

धनगढी, २१ असार । मोहना नदीमा डुबेर बेपत्ता भएका कैलालीको कैलारी गाउँपालिका –७ भुइयाँफाँटाका ५० वर्षीय खोजराम चौधरीको शव भेटिएको छ । मोहना नदी पारिरहेको खेत (कगलहर) मा पानी तान्ने बोरिङको पाइप लिएर जाने क्रममा शनिबार विहान उहाँ डुबेर बेपत्ता भएका थिए । त्यसदिन दिनभरी खोजीकार्य गर्दा पनि नभेटिएको चौधरीको शव डुबेकोे भन्दा करिब तीन…
-
डिम्ब दानका लागि भारत पु¥याइन्छन् नेपाली युवती

धनगढी, १९ असार । अवैध रूपमा डिम्बदानका लागि नेपाली युवती मानव तस्करको निसानामा परेका छन् । सुदूरपश्चिम प्रदेशका विपन्न परिवारका किशोरी नेपाल–भारत अन्तरदेशीय मानव तस्करको निसानामा पर्ने गरेको तथ्य सार्वजनिक भएको छ । दिल्लीतर्फ गइरहेको अवस्थामा गौरीफन्टा नाकाबाट एक युवतीको उद्धार गरिएपछि डिम्बदानका लागि यो नाकाबाट मानव तस्करी हुने गरेको तथ्य बाहिर आएको हो ।नेपाल प्रहरी र नाकामा…
-
विकासे धान बालीप्रतिको आकर्षणले मासियो रैथाने बाली

धनगढी, १३ असार । केही दशकअगाडिसम्म थारू समुदायले खेती गर्ने थरी थरीका रैथाने बाली लोप भएका छन् । उन्नत प्रजातिको विकासे बाली लगाउने प्रचलनसँगै विभिन्न रैथाने बाली लोप भएका हुन् । थारू आलु र सेतो अन्डी धानबाहेक अन्य रैथाने बालीको खेतीपाती अचेल छैन । पाँच दशकअगाडिसम्म किसानले सबैभन्दा बढी खेती गर्ने रैथाने बालीको अब बिउसमेत मासिएको छ ।थारू समुदायका…