३० असार २०८३, मंगलवार July 14, 2026

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

३० असार २०८३, मंगलवार
कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

धनगढी, ३० असार । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३.२ मेट्रिकटनको दरले चैते धान उत्पादन भएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा बढीजसो चैते धान खेती गर्ने गरिएको छ । खास गरेर बर्खामा बाढी, डुबान समस्या हुने क्षेत्रका किसानले चैते धान खेती गर्दै आएका छन् । यसवर्ष १८ हजार हेक्टर क्षेत्रफलमा किसानले चैते धान खेती गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेक विष्टले जानकारी दिए ।

चैते धान खेती गरेका किसानले बर्खे धान रोपाइँसँगै चैते ध्यान पनि भित्र्याइ सकेका छन् । कतिपय किसानले चैते धान भित्र्याएर सोही खेतमा बर्खे धान पनि रोपाइँ गरेको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीले बताए ।