९ जेष्ठ २०८१, बुधबार May 22, 2024

दुनाटपरीको बजारीकरण गर्नु पर्ने माग

१५ पुष २०७८, बिहीबार
दुनाटपरीको बजारीकरण गर्नु पर्ने माग

राम अवतार चौधरी
कपिलवस्तु ।
आधुनिक युगसँगै मानिस परिवर्तन हुनु मानवीय स्वाभाव पनि हो । मानव ज्वलन्त उदाहरण दिनको लागि भए पनि आफ्नो हरेक गतिविधि सक्रियताका साथ निरन्तरता दिइरहेको हुन्छ । धारा प्रवाह गर्दै गर्दा कतिपय कार्यलाई विश्राम दिन पुग्न्छि । कतिपय बाध्यता हुन्छ त कयौं रहर समेत नभएको भन्न सकिँदैन् ।
नेपाल एक प्राकृतिक सम्पदाले भरिपूर्ण भएको देश मानिन्छ । हरेक नागरिक स्थानीय स्रोत साधन प्रयोग गरेर आम्दानीको माध्यम बनाइ रोजगारी प्राप्त गर्न जरुरी छ र बनाउनुपर्छ । पछिल्लो समय बजारमा प्लास्टिक व्यवसाय फस्टाउँदै जाँदा भर्लाे र सालको पातले बनाएको दुनाटपरीको बजार लोप हुँदै गएको छ । तर प्लास्टिक भन्दा कयौं गुणा उत्तम हुनेगर्छ पातले बनाएको दुनाटपरी । जसले वातावरण पनि प्रदुषण हुँदैन, कुहाएर प्राङ्गारिक मल समेत बनाउन एकदमै उपयोगी हुने गर्दछ ।
दुनाटपरीको व्यवसायले कसैको जीवन गुजार चलिरहेको सर्वविधित नै छ । सरकारले प्लास्टिकजन्य सामाग्रीको प्रतिबन्ध गर्ने व्यवस्था ल्याउने तयारी गरे पनि व्यवहारमा लागू भने भएको छैन् । कपिलवस्तुको पश्चिमी वा विकट क्षेत्र भनेर चिनिने विजयनगर गाउँपालिका त्यसमा पनि जिल्लाको मुख्य बजार मानिने चन्द्रौटा बजार देखि करिब ४० किलोमिटर पश्चिम छिमेकी देश भारतसँग जोडिएको सिमानामा घना जङ्गल पार गरेपछि पुगिन्छ जवाबैराठ । त्यहाँका स्थानीय बासी प्रायः एकाबिहानै उठछन् र घरवरिपरी रहेको जङ्गल प्रवेश गर्छ । जवाबैराठ बासी एकाबिहानै किन जङ्गल प्रवेश गर्छन् भन्ने प्रश्नले कौतुहुलता हुन्छहोला ? कि कतै तिनीहरु जङ्गली भएर त बाँचिरहेका छैनन् ? लगायत विभिन्न जिज्ञासा खुल्दुली समेत हुन सक्छ तर त्यहाँको वास्तविकता अलि भिन्न छ ।
विजयनगर गाउँपालिकाको वडा नं.१, मा पर्दछ जवाबैराठ । स्थानीयले जङ्गल पसेर एकछाक खाई नखाई पात टिपेर घरमा ल्याउँछन् । आम्दानीको मुख्य स्रोत बनाएका दुनाटपरी बनाउन अब्बल स्थानीय बासी पनि एक हुन् सविता थारु । उनी सहित उनका घर परिवार जसले दुनाटपरी बनाएर व्यवसाय गर्दै दुई दशक बिताइसकेका छन् । उनीसहित परिवार घरको काम सकाएर जङ्गलबाट ल्याएको पातले दुनाटपरी बनाउने गर्छन् । उनको दिनचर्या लगातार घर भान्सा लगायतका काम सकाएपछि दुनापरीमै बित्ने गर्दछ । प्रतिदिन लगभग ३ सय थान दुनाटपरी बनाउने गरेको सविताले जनाइन् ।

सो दुनाटपरी बनाए बापत ६० रुपैया आम्दानी हुने गरेको थारुले बताइन् । उनले भनिन् ; “एक साता सम्म बनाउँछौँ त्यसपछि बिक्रीगर्न कृष्णनगर बजार जानुपर्छ“ । थारुका अनुसार एक हप्ता सम्म लगातार दुनाटपरी बनाउने त्यसपछि कृष्णनगर बजार लगायत भारतका विभिन्न बजारमा बिक्री गर्न जाने गरेको बताइन्छ । कुनै बेला व्यापारीले घरबाटै बजार लैजाने गरेको बताउँदै पुजा वर्तबन्धमा समेत सर्वसाधारणले लग्ने गरेको उनको भनाई छ ।
यस्तै अर्का स्थानीय बासी दरबारी थारु पनि सोही व्यवसाय गरी जवाबैराठमै बसोबास गर्दै लामो समय पार गरेका बताउँछन् । पूर्वजले समेत दुनाटपरी व्यवसाय गर्दै आएका थिए अहिले आफूले त्यहि पेशा अंगाले उनले बताए । उनी पनि खेतीपाती देखि लिएर घरको काम सम्म भएर मात्र यस काममा लाग्ने गरेको जनाए ।
बजार एरियाभन्दा भित्र रहेकोले रोजगारीको लागि टाढा जानुपर्ने बाध्यता रहेको बताउँदै सो पेशा अनुसरण गरेको थारुले जिकिर गरे । आफूले यस व्यवसायबाट सन्तुष्टि नभए पनि आम्दानीको स्रोत नै स्थानीय स्रोतसाधन भएको जनाए । दिनानुदिन प्लास्टिक व्यवसायले बजार ओगटदै गएकोले दुनाटपरी विस्थापित भएकोमा दुखेसो पोख्दै उनले भने ; “स्थानीय सरकारले यसको बजारीकरण गरिदिए आफूलाई जीविकोपार्जन गर्न सहज हुने थियो“ ।