१६ जेष्ठ २०८३, शनिबार May 30, 2026

रास्वपा कैलारी गाउँपालिका सभापतिमा रेवन्त

१६ जेष्ठ २०८३, शनिबार
रास्वपा कैलारी गाउँपालिका सभापतिमा रेवन्त

हसुलिया, १६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी कैलारी गाउँपाालिका सभापतिमा रेवन्त बोहरा निर्वाचित भएका छन् ।
शनिबार हसुलियामा भएको पार्टीको प्रथम गाउँपालिका अधिवेशनबाट बोहरा सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचित बोहरा र रामकुमार चौधरी सभापति पदका उम्मेदवार भएपछि चुनाव भएको थियो ।
सभापतिका लागि भएको चुनावमा दुवै उम्मेदवार २३÷२३ मत प्राप्त गरेका थिए, भने पछि गोला प्रथा मार्फत बोहरा निर्वाचित भएका हुन् ।
कार्यसमितिको उपसभापतिमा कविता चौधरी (काव्य), सचिवमा जन्जीरु चौधरी र सहसचिवमा उषा न्यौपाने रहेका छन् । यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथि रास्वपा संघीय नेतृत्व मञ्चकी केन्द्रीय सदस्य प्रेमा चौधरी, कैलाली जिल्ला सभापति महेश चौधरी लगायत पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।