१६ जेष्ठ २०८३, शनिबार May 30, 2026

लागुऔषध दुव्र्यशनी न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम

१६ जेष्ठ २०८३, शनिबार
लागुऔषध दुव्र्यशनी न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम

धनगढी, १६ जेठ । कैलारी गाउँपालिकाको वडा नम्बर ४ स्थित के गाउँमा रहेको जनजागृति महिला कृषक समुहले लागु औषध तथा दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।
डिसिएको आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्च नेपालबाट सञ्चालित पहुँच परियोजना अन्र्तगतको समन्वय सहकार्यमा जनजागृति महिला कृषक समुहको आयोजनामा लागु औषध दुव्र्यशनी न्यूनिकरण सचेतनामुलक कार्यक्रम गरिएको हो ।
समुहकी अध्यक्ष गणेशी चौधरीका अध्यक्षतामा भएको कार्यक्रममा कैलारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरी प्रमुख अतिथि रहेका थिए ।


धेरै जसो यूवा आफनै साथीहरुको लहलहैमा लागु औषध दुव्र्यसनीमा फस्दै गएको भन्दै गलत साथीको साथ नलाग्ना उनले आग्रह गरे । लागु औषध सेवन गर्दा ठुलो मान्छे नबन्ने र लागु औषध प्रयोगकर्ता हरेक अवसरबाट बञ्चित हुने उनले बताए ।
प्रत्येक आमा बुवाको आफनो सन्तानलाई ठुलो मान्छे बनुन् भन्ने सपना हुन्छ, उनले भने, लागु औषध सेवन गर्दा आफनै हानी हुन्छ । उता आमा बुवाको सपना पनि चकनाचुर हुन्छ ।


गाउँपालिकाबाट लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्नाको लागि प्रत्येक विद्यालयमा लागु औषध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको उनले बताए । लागुऔषध प्रयोगकर्तालाई पक्राउ गर्नको लागि गाउँपालिकाबाट निगररानी समुह परिचालन गरेको पनि बताए ।
कार्यपालिका सदस्य लालबहादुर विक बालबालिकाहरुलाई कुलतमा लाग्नुको कारण पत्ता लगाउनुपर्ने बताए । हरेक अभिभावक छोरी भन्द छोरालाई बढी माया गर्ने कारण छोरा मान्छे बढी विग्रेको बताए । दलित समुदायको यूवा बढी लागु औषधमा फसेको बताए ।
पत्रकार प्रेम चौधरी हरेक अभिभावकले आफनो बालबालिकाको निगरानी गर्न जरुरी रहेको बताए । अहिले लागु औषध दुव्र्यसनी सामाजिक मुद्दा बन्दै व्यापक रुपमा बढी रहेको बताए ।


दलित महिला अधिकार मञ्चका सामाजिक परिचालक सीमा महतो. लागु औषध दुव्र्यसनी न्यूनिकरण गर्न सबैको प्रयासले मात्र न्यूनिकरण गर्न सकिने बताइन् । कार्यक्रममा सहभागी रोहन नेपाली र भगतबहादुर सुनारले यूवाहरुलाई सचेत बनाउने यस्ता कार्यक्रम साहै्र राम्रो रहेको बताएका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी वरिष्ठ हवल्दार दलवहादुर धामी लागु औषध दुव्यर्सनी र यसको प्रभाव, कानूनी सजयबारे प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन कैलारी गाउँपालिका वडा नम्बर ४ वडा सदस्य शोभा परियारले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य समुहकी सदस्य कुमारी वडले गरेकी थिइन् । कार्यक्रममा समुहका प्रतिनिधि सदस्य, विभिन्न टोलका भल्मन्सा, आमा समुहका प्रतिनिधि, यूवाहरुको सहभागिता रहको थियो ।