हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको गाउँपालिका स्तरीय अनुगमन समितिले आज अनुगमन गरेको छ ।
अनुगमन समितिका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरी नेतृत्वको अनुगमन टोलीले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको हो ।
अनगुगमन टोलीले वडा नम्बर ३, ५ र ७ अन्र्तगत सञ्चालित योजनाको अनुगमन गरेको हो । टोलीले वडा नम्बर ५ मा २० लाखमा निर्माण भएको बैजपुर सभा हल भवन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालित ६ लाख ८२ हजारमा सम्पन्न भएको योजना, १५ लाखमा निर्माण भएको अनुग्रह चर्चको भवन र १५ लाखमा निर्माण सम्पन्न भएको मोहना नदिको भौतिक तत्बन्ध र पाँच लाखमा सीएफसीसी हसुलियामा उत्पादित रुखका बेर्ना लगायतका योजना अनुगमन गरेको अनुगमन समितिका सदस्य सचिव एवम् योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए ।
अनुगमनमा समितिका सदस्य सुनिला चौधरी, पूर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बम, सव–इन्जिनीयर मेनुका चौधरी, दीपकराज जोशी, सहायक सव–इन्जिनीयर आयशा खाती लगायत सहभागी थिए ।