१० बैशाख २०८१, सोमबार April 22, 2024

अभियन्ता राजेन्द्र रैकालाई युवा प्रतिभा राष्ट्रिय सम्मान

२२ जेष्ठ २०७९, आईतवार
अभियन्ता राजेन्द्र रैकालाई युवा प्रतिभा राष्ट्रिय सम्मान

कैलाली । कैलालीका अत्यन्तै सकृय सामाजिक अभियन्ता एंव अधिकारकर्मी राजेन्द्र रैका यश बर्षको युवा प्रतिभा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । बिगत दुई दशक देखि मानवअधिकार सामाजिक न्याय र युवा सशक्तिकरण, दलित सिमान्तकृत समुदायको हक अधिकार एंव रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले आफ्नो ६५औं बार्षिकोत्सबमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको हो ।
एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित युवा प्रतिभा राष्ट्रिय सम्मान –२०७८ ले सम्मान गरेका हुन् । सम्मान प्राप्त गर्दे अधिकारकर्मी राजेन्द्र रैकाले यस महत्त्वपूर्ण सम्मानले आफूलाइ थप उर्जा र थप जिम्मेवारी बोध गराएको बताए । समारोह अन्य विभिन्न बिधाका श्रष्टाहरुलाई समेत सम्मान गरिएको थियोे ।
रैका दर्जन बढी संघसंस्थामा आबद्घ रहि कृयाशिल रहेका छन् ।