२५ भाद्र २०८१, मंगलवार September 10, 2024

मानसिक अपाङ्गताका लागि सहायक सामग्री : औषधी

१४ जेष्ठ २०८०, आईतवार
मानसिक अपाङ्गताका लागि सहायक सामग्री : औषधी

अनत चौधरी
विश्चमा अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या करिव १६ प्रतिशत रहेको छ । त्यस्तै नेपालको कुरा गर्ने हो भने वि.सं २०७८ सालमा गरिएको जनगणना अनुसार २.२ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययन अनुसार अपाङ्गता गराउने प्रमुख १० कारण मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्याको कारणले हुने उल्लेख छ । अहिले हाम्रो समाजले अपाङ्गता भएका व्यक्तिलाई गर्ने व्यवहार तथा संस्थागत, भौतिक, सञ्चार लगायतको अवरोधले गर्दा अपाङ्गता भएका व्यक्तिहरु अझ अपाङ्गता महसुस गरिरहेको पाउन सकिन्छ । अपाङ्गता मध्येको मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा हेर्ने गलत दृष्टिकोण तथा सामाजिक वाधाहरु अझ धेरै पाउन सकिन्छ । आज मैले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रीको रुपमा औषधीले कसरी मद्दत गर्न सक्छ रु भन्ने सन्दर्भमा यस क्षेत्रमा काम गर्दै गर्दाको अनुभवको आधारमाचर्चा गर्न खोजेको छु ।

घटना–१
करिव ५ बर्ष पहिलेको कुरा हो म कैलालीको भजनी नगरपालिकामा रहेको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा फिल्ड भिजिटको क्रममा गएको बेला एक जना कडा खालको मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिसंग भेट भएको थियो । सोही क्रममा उहाँको परिवारको सदस्यहरुसंग कुराकानी भएको थियो । उक्त व्यक्तिको परिवारको एक जना सदस्यले उनको औषधी छुट्यो भने एक्लै हाँस्ने, बरबराउने, जे पायो त्यही भन्ने, आफ्नो परिवारको सदस्य लगायत समुदायको मान्छे समेतलाई चिन्न छोड्छ । समुदायका मान्छेले पनि पागल आयो, छिःछि दुर दुर गर्छन् । हाम्रो घरमा समेत आउँदैनन् । हामी त उपचार गर्दा गर्दै थाकी सकेका छौँ । औषधी कहिले निःशुल्क रुपमा पाउँछौँ त कहिले किनेर पनि खानु पर्छ, उहाँको परिवारको सदस्यले दुखेसो सुनाउनु भयो ।
मैले उहाँको परिवारको सदस्यलाई नेपाल सरकारले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐनमा व्यवस्था गरेको अपाङ्गताको प्रकार मध्ये मानसिक वा मनोसामाजिक अपाङ्गता बिषयमा जानकारी दिएँ । पछि ती समस्या भएको व्यक्तिले नगरपालिका मार्फतू खू बर्गको अपाङ्गता परिचय पत्र पाउनु भयो । उहाँले पाएको अपाङ्गता परिचयपत्रको आधारमा राज्यले उपलव्ध गराउने मासिक भत्ताले औषधी उपचारमा सहजता ल्याएको छ । औषधीको नियमित प्रयोगले उनी अहिले दैनिक कामकाज गर्न सकिरहेकी छिन भने समाजका मान्छेले पनि उनीमा औषधीको कारणले सुधार भई कामकाज गर्ने व्यवहार देखेर गाउँघरमा हुने सामाजिक काममा सहभागी गराउन थालेछन् ।


घटना–२
कैलालीको गोदावरी नगरपालिका वडा नं ३ का एक जना मानसिक स्वास्थ्य समस्याका परिवारका सदस्यहरुले नेपाल सरकारले मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिलाई पनि मानसिक वा मनोसामाजिक अपाङ्गता परिचय पत्र पाउन सक्छन भन्ने थाहा पाएछन् । सोही बमोजिम उनीहरु नगरपालिकाको महिला तथा बालबालिका शाखा, नगर उपप्रमुखलाई भेटेछन् । तर महिला तथा बालबालिका शाखाको प्रमुखले तपाईको मान्छेको हेर्दा हात, खुट्टा छ, बोल्न सक्छ कसरी अपाङ्गता परिचय पत्र दिने रु हुँदैन भनेर फर्काउन खोज्नु भएछ । तर उनले आफ्नो छोरीको पहिलेको अवस्था र अहिले कसरी यो अवस्थामा आएको भन्ने कुरा वुझाउनु भयो । उनको छोरी औषधी छोड्ने वित्तिकै एक्लै एक्लै हाँस्ने, बरबराउने, जे पायो त्यही बोल्ने, कुटपिट गर्न जाने समस्या रहेको र मानसिक रोग विशेषज्ञले उनलाई नियमित औषधी नभए समस्या बल्झिने रहेको लेखेको कुरा देखाए पछि बल्ल उनलाई अपाङ्गता परिचय पत्र उपलव्ध गराईयो । अहिले उनले पाएको अपाङ्गता परिचय पत्रको आधारमा राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले उनको उपचारमा सहजता भएको छ । औषधी नपाउँदाको अवस्थामा जसरी ती व्यक्तिको समस्याले उनी आफ्नो दैनिक कामकाज गर्न सक्दैनथिन भने उनलाई परिवारका सदस्य लगायत समुदायले पनि कुनै पनि काममा सहभागी गराउँदैनथ्यो ।


घटना–३
कैलालीको कैलारी गाउँपालिका वडा नं. ८ का एक जना कडा खालको मानसिक स्वास्थ्य समस्या ब्यक्तिका परिवारका सदस्य आफ्नो छोराको अपाङ्गता परिचय पत्रका लागि जानु भयो । धेरै पटक त उनलाई तपाईको छोराको हात, खुट्टा छँदैछ । बोल्न पनि सकि हाल्छ । उसले अपाङ्गता परिचय पत्र पाउँदैन भनेर फर्काईयो । तर धेरै नै सकस गरी गरेपछि बल्ल बल्ल उनले आफ्नो छोराको परिचय पत्र बनाउन सक्नु भयो । पालिकाले मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिने भएपछि उनी पनि उक्त कार्यक्रम समेटिए र नियमितको औषधी सेवनले गर्दा अहिले उनी अहिले आफ्नो सरसफाई देखि लिएर दैनिक कामकाजमा सघाउने भएका छन भने छिमेकीले समेत उनलाई सघाउन थालेका छन । जब कि उनीमा समस्या थियो, उनलाई छिमेकीले हेला गर्थे, काम नलाग्ने भयो भनेर गिज्याउँथे ।

माथि उल्लेखित घट्नाहरु मानसिक वा मनोसामाजिक अपाङ्गतालाई भएका व्यक्तिलाई औषधीले सहायक सामग्रीको रुपमा सहयोग पुर्याएकोप्रतिनिधिमुलक घटना मात्रै हुन । अपाङ्गताको बारेमा अन्तराष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिले प्रष्टसंग उल्लेख गरेको छ । त्यस्तै नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन, २०७४ को परिभाषामा ूअपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीय सम्बन्धि दीर्घकालिन अशक्तता, कार्यगत सीमितता ९फङ्सनल इम्पेरिमेन्ट० वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ । ू प्रष्ट संग उल्लेख गरिएको छ ।
अब माथि उल्लेखित परिभाषा अनुसारअपाङ्गता एउटा अवस्था हो, जबसम्म कार्यगत सीमितता वा विद्यमान अवरोध सिर्जना हुँदैन तब त्यस्ता अवस्थामा रहेका व्यक्तिहरु अपाङ्गता महसुस नगर्न सक्छन् । उदाहरणका लागि एक जना दुई वटै खुट्टा नभएको ह्वील चियर प्रयोग गर्ने शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि अवरोधको अवस्था हेर्ने हो भने मानौँ ऊ बस्ने घर पक्की छ । उसको बस्ने, सुत्ने कोठा माथिल्लो तलामा छ । माथिल्लो तला जना सिढीको प्रयोग गर्नु पर्छ । अब यहाँनिर विचार गरौँ कि माथिल्लो तला जाने सिढीको अवस्था कस्तो छ रु र्यामवाला छ कि खुड्किलोवाला । यदि सिढी र्यामवाला छ र त्यसमा उसले प्रयोग गर्ने ह्वील चियरको माध्यमबाट उ सहिलैसंग ओहोर दोहोर गर्न सक्छ र उसको दैनिकी सहज हुन्छ भने उसले अपाङ्गता महसुस नगरेको हुन सक्छ । तर सिढी खुड्किलोवाला छ भने त्यहाँ उसले प्रयोग गर्ने सहायक सामग्रीको माध्यमबाट पनि पुग्न सक्दैन, त्यहाँ ऊ अपाङ्गता महसुस धेरै गर्न सक्छ । उ विभिन्न कुराबाट बञ्चित हुने अवस्था हुन सक्छ । उसको दैनिक जीबनयापनमा समस्या आउन सक्छ ।
अब माथि उल्लेखित घट्ना प्रसङ्गलाई केलाउने हो भने पनि ती व्यक्तिका लागि औषधी नहुदा आफ्नो दैनिक कामकाज गर्न समस्या थियो भने सामाजिक काममा बाधा गरिएको थियो । अहिले पनि मानसिक स्वास्थ्य समस्या भएको ब्यक्ति भन्ने वित्तिकै समुदायका व्यक्तिहरुले हेला गर्ने, दुर्व्यहार गर्ने, सामाजिक काममा संलग्न नगराउने घृणाको दृष्टिकोणले हेर्ने लगायतको परिपाटी छ । समाजको यहि अवस्थाका कारण मानसिक वा मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीबनमा सहभागी हुन बाधा पुगी रहेको छ ।
अब म मानसिक वा मनोसामाजिक अपाङ्गताको भएको व्यक्तिका लागि सहायक सामग्री रुपमा औषधीले कसरी सहयोग गर्छ त रु हो बुझ्नु पर्ने कुरा के छ भने जसरी शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री ९ह्वील चियर, बैशाखी०, पूर्ण दृष्टिविहिनका लागि ९सेतो छडी० चाहिन्छ त्यस्तैमानसिक वा मनोसामाजिक समस्या भएका ब्यक्तिका लागि औषधी सहायक सामग्रीको रुपमा मद्दत गर्ने काम गर्छ । औषधी सेवन पश्चात हुने सुधारले उसले आफ्नो दैनिक गर्ने कामहरु, सामाजिक योगदानहरु लगायत थुप्रै क्षेत्रमा मद्दत गर्न सक्छ तर औषधी भएन भने उसको दैनिक काम संगै आफुमा के भईरहेको छ थाहा नपाउने अवस्था हुन सक्छ । त्यत्तिबेला समाजको ब्यक्तिहरुले उसलाई सामाजिक काम लगायत उसलाइ वहिष्कार गर्ने, हेला गर्ने क्रम बढ्छ र सामाजिक सहभागितामा बाधाहरु सिर्जना हुन सक्छ । औषधीको सहज उपलब्धताले त्यस्ता ब्यक्तिको जीवनमा सुधार आउनुको साथै सामाजिक वाधाका साथै उसले घर, परिवारको काममा निर्णय प्रक्रियामा सहभागी हुन सक्छ । समाजमा पनि उसलाई दुर्व्यहारपूर्ण व्यहार घट्छ । जब बाधाहरु जति जति बढ्छ ऊ त्यत्ति त्यत्ति अपाङ्गता महसुस गर्छ । यति कुरा गरि राख्दा मैले सबैखाले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले अपाङ्गता भएको व्यक्ति भन्न खोजेको होइन । मानसिक स्वास्थ्य समस्यामा पनि कतिपय व्यक्तिलाई औषधी भएन भने फेरि पनि आफ्नो दैनिक जीवनयापन सञ्चालन गर्न गाह्रो हुने हुन सक्छ, त्यस्तो अवस्थाका व्यक्तिलाई अपाङ्गता अवस्था हुन सक्छ ।
अन्तमा मानसिक वा मनोसामाजिक समस्याको बारेमा समाजमा हेर्ने दृष्टिकोण गलत भएका कारण र राज्यले पनि यसको बारेमा व्यापक लगानी बढाउन नसकेका कारण मानसिक वा मनोसामाजिक अपाङ्गताको महसुस धेरैले गरेको पाउन सकिन्छ । औषधी र उपचार सेवाको सर्बसुलभ पहुँच अभावले अहिले धेरै व्यक्तिहरु मानसिक वा मनोसामाजिक अपाङ्गता महसुस गरीरहेका छन्। जब मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिका लागि औषधी सर्वसुलभ रुपमा उपलब्ध हुन थाल्यो भने यस्ता अपाङ्गताको अवस्था कम हुन सक्छ र राज्यको आर्थिक भारमा कमी ल्याउन मद्दत गर्नुको साथै त्यस्ता व्यक्तिहरु सम्मानित र मर्यादित जीवन निर्वाह संगै राज्यका लागि ठुलो योगदान दिन सक्छन । तसर्थ मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुका लागि औषधीको सहज आपुर्ति सँगै त्यस्ता व्यक्तिहरुलाई घृणा, हेला, दुर्व्यहार नगरौँ । मायालु व्यवहार र सामाजिक सहयोगले उनीहरुलाई नयाँ जीवन प्रदान गर्न सकिन्छ ।

लेखक पूर्व आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्ष एवं हाल सी.एम.सी. नेपालमा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् ।