२०८३ कार्तिक १६ November 2, 2026

बर्का बसन्तामा थारू सांस्कृतिक कार्यक्रम (फोटो फिचर सहित)

२०८३ कार्तिक १६, सोमबार ०६:२६
बर्का बसन्तामा थारू सांस्कृतिक कार्यक्रम (फोटो फिचर सहित)

विकास रत्गैंया
धनगढी, १६ कात्तिक । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ बर्का बसन्तामा दसैं मिलन एवं दिपावलीको शुभकामना आदान–प्रदान तथा थारू सांस्कृतिक कार्यक्रम २०८३ भव्यताका साथ सम्पन्न भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा थारू टेलिभिजनको आयोजनामा कार्यक्रम भएको हो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरी एक भव्य कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै थारू कला संस्कृति संरक्षण गर्न सबैको दायित्य रहेको बताएका थिए ।
कार्यक्रमको विशिष्टि अतिथीहरुमा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरी, वडा नम्बर ७ की कार्यावाहक अध्यक्ष सुन्दरी चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, वडा नम्बर ७ अन्र्तगतका सम्पूर्ण गाउँका भलमन्सा, समाजसेवी वुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा थारू सखिया नाच, झुम्रा नाच, नाटक प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा गायिका सोनु कुश्मीको पनि बेजोड प्रस्तुती रहेको थियो । गायिका कुश्मीको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।