कुरीति हटाउन दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त


बैतडी, १६ साउन । बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका सस्कारशिरोमणी ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका छन्। पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेश ,विभिन्न ब्रतकाथा लगायत चार सय एघार भन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान थालेका हुन्।


दलित बस्तीमा धार्मिक कुरीति हटाउन पन्तले अहिलेसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ वटा लघुरुद्राभिषेक १९४ महारुद्राभिषेक, ३९१७ न्वारन, ५६९ व्रतबन्ध, ७२९विवाह, ६३१ सत्यनारायण पूजन, ५५ ग्रह शान्ति, ४७ शतचण्डी, ६५ अखण्ड रामायण ५७९वटा, स्वस्थानी ब्रतकथा , ५९ त्रीपिण्डी श्राध्द , ८३ गरुड पुराण लगायतका ४ सय एघार ४११ भन्दा बढी प्रकार का कर्मकाण्ड गरिसकेको बताए।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्व नाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका राजज्योतिषी राजगुरु पण्डित पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन दमाईँ ,कामी ,बादी ,पोणे,कुमाल सहित १७ सय ५९ जना सिल्पि समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको ४५६दलित महिला लाई दुधागो दोरक धारण गरेको बताए। धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय र लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै ज्योतिषी पन्तले समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा तयार हुनुपर्ने बताउदै आएका छन्।
कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले हटाउनुपर्नेमा उनको जोड छ। उनले भने, ‘सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्ध गर्दैनन्। त्यति मात्र होइन, चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ।


दलितको घरमा धार्मिक कार्य गर्दै भोजन ग्रहणसमेत गर्दै आइरहेको छु। दलितहरू मा समेत विभेद रहेको छ। त्यो मलाई मन पर्दैन, यो गलत हो। हटाउनुपर्छ। एक दलित समुदायले अर्को दलित समुदायले पानी–भान्सा नचल्ने गरेको मैले देखेको छु।’सन्ध्या पूजा गर्दा अहिले पनि अथर्ववेदको उच्चारण गरेर यो दलितको वेद हो, भन्दैउच्चारण गरेर यो दलितको वेद हो, भन्दै भुइँमा पानी खसाल्ने गलत परम्परा काम रहेको उनको भनाइ छ। अथर्ववेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनेको उनको दाबी छ। ‘हामी सबै त्यसको उपभोग गरिरहेका छौँ। तर, त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद भइरहेका यस्ता कुरीति हटाउनुपर्ने पर्छ,’ उनले भने।


कुरीति हटाउन खोज्दा पाँच सय ७५ यजमान छुटे,ज्योतिषी पण्डित गणेशप्रसाद पन्तका दलित बस्तीमा कर्मकाण्ड गर्न सुरु गरेपछि बुवा बाजेका पालादेखिका गैरदलित समुदायका पुख्र्यौली पाँच सय ७५ यजमान छुटेका छन्।सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गर्दा सामाजिक सञ्जालमार्फत आफूमाथि तुच्छ गालीगलौजसमेत हुँदै आएको पीडा उनको छ।दलितमाथि विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग उनको छ। पन्तले भने, ‘मलाई सामाजिक सञ्जालमार्फत तुच्छ गाली गरेपनि, म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन।’प्रत्येक हिन्दुको घर–घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मट, शङ्ख–घण्ट र पाञ्चायन देवताहरूको मट अनिर्वाह स्थापना गराउने उनको योजना छ। ‘धर्म शास्त्रका आधारमा महिला र पुरुष दुई मात्र जात हुन्छन, अन्य जात हुँदैन। मनुस्मृति आदी विभेदकारी ग्रन्थहरू संशोधन हुनुपर्छ,’ उनले भने।सबै धार्मिक क्षेत्रहरूमा सबैका लागि समावेशी पूजा–पाठ हुनुपर्ने उनको माग छ।

उनले धार्मिक कामका लागि ९८६०२७८१०० मा सम्पर्क गर्न भनेका छन्।प्राचिन दैवज्ञ त्रिकालदर्शि संस्कारशिरोमणि शास्त्रार्थकेसरी याज्ञीकसम्राटअग्निहोत्री ज्योतिषाचार्य शुक्लयजुर्वेदाचार्य वास्तुविद श्रीवनारसिधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरपिठाधिश्वर पंं.गणेश प्रसाद पन्त पञ्चाङ्गकारसम्पर्क न. ९८६०२७८१०० आचार्य गणेश प्रसाद पन्त पञ्चाङ्गकार बैतडी


Leave a Reply

Your email address will not be published. Required fields are marked *