६ असार २०८३, शनिबार June 20, 2026

हसुलियामा टीभीएसको विशेष एक्सचेन्ज अफर

६ असार २०८३, शनिबार
हसुलियामा टीभीएसको विशेष एक्सचेन्ज अफर

धनगढी, ६ असार । कैलालीको कैलारी गाउँपालिका हसुलियामा टीभीएसको विशेष एक्सचेन्ज अफर सञ्चालनमा आएको छ ।
असार ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने यस अफरमार्फत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन आकर्षक सुविधा र सहुलियतसहित खरिद गर्न सक्नेछन् ।
बागेश्वरी अटो मोटिभ्स को आयोजनामा सञ्चालन भइरहेको उक्त अफरले ग्राहकहरूलाई पुरानो सवारीसाधनको उच्च मूल्यांकनको सुनिश्चितता प्रदान गर्नुका साथै विभिन्न विशेष सुविधा उपलब्ध गराएको जनाएको छ।अफरअन्तर्गत नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरूले आर्थिक वर्ष २०८३÷८४ को सडक कर निःशुल्क पाउनेछन्।

साथै आकर्षक नगद छुट, नागरिकताको आधारमै छिटो र सहज फाइनान्स सुविधा तथा दैनिक १२४ रुपैयाँबाटै किस्ता तिर्न सकिने व्यवस्था गरिएको छ। यसका अतिरिक्त प्रत्येक ग्राहकलाई निःशुल्क हेल्मेटसमेत प्रदान गरिने आयोजकले जनाएको छ।टीभीएसका लोकप्रिय तथा आधुनिक प्रविधियुक्त मोडलहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि यो अफर विशेष अवसरका रूपमा रहेको बताइएको छ।

पुरानो सवारीसाधनलाई नयाँ पुस्ताको प्रविधिसहितको टीभीएससँग सहज रूपमा एक्सचेन्ज गर्न सकिने भएकाले ग्राहकहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।आयोजकका अनुसार टीभीएस एक्सचेन्ज अफरमा सहभागी भई ग्राहकहरूले ‘अचम्मैको डिल’ प्राप्त गर्न सक्नेछन्।अफरसम्बन्धी थप जानकारीका लागि धनगढीस्थित बागेश्वरी अटो मोटिभ्स वा फोन नम्बर ०९१–५२२६८४ र ९८०१७५१३१७ मा सम्पर्क गर्न सकिनेछ।