धनगढी, २८ चैत । चर्चित मोडल रितु चौधरी र फुलराम चौधरी अभिनित म्युजिक भिडियो ‘सात रंग के’ एक कार्यक्रमका बिच रिलिज गरिएको छ ।
शुलभ फिल्मस् प्रालिले शनिबार एक कार्यक्रमका बिच एसटीएस सिनेमा हल धनगढीमा म्युजिक भिडियो रिलिज गरिएको हो । सोही लगत्तै प्रालिले आफ्नो यूट्युव च्यानल शुलभ फिल्मस् मार्फत पनि सार्वजनिक गरेको छ ।

आर्दश महतोको निर्देशन तथा कथाबस्तु रहेको प्रेम कथामा आधारित म्युजिक भिडियो धनगढी वडा नम्बर १५ स्थित कनरी पार्क र कैलारी गाउँपालिका ९ सिमराना आसपास क्षेत्रमा छायांनक गरिएको छ । बिर चौधरीको शब्द संगीत रहेको गीतमा मनोज महतो र समिक्षा चौधरीले स्वर दिएका छन् । चन्द्र चौधरीको मिक्सिङ्ग रहेको अडियोमा एरेन्ज गणेश चौधरीले गरेका छन् । त्यसैगरि भिडियोको छायांकन र सम्पादन दया शंकर चौधरीको रहेको छ । साथै उक्त भिडियोलाई जिभी मोवाइल पोइन्ट, माया फेन्सी स्टोर र सहयोगी फार्मेसी लगायतको सर्पोट रहेको छ ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको वक्ताहरुले भिडियोको प्रशंसा गरेका थिए । शुलभ फिल्मस् प्रालिका दया शंकर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका अध्यक्ष संगत चौधरी, विशिष्ट अतिथिहरुमा थाकस कैलालीका पूर्व सभापति माधव चौधरी, कलाकार अम्बिका आचार्य, राजकुमार जोशी, जिभि मोबाइल पोइन्टका गोविन्द मुखिया लगायत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन अनिल कुश्मीले गरेका थिए ।