४ बैशाख २०८३, शुक्रबार April 17, 2026

कैलारीको भर्री चोकमा दुर्घटना हुँदा दुई घाइते

१२ चैत्र २०८२, बिहीबार
कैलारीको भर्री चोकमा दुर्घटना हुँदा दुई घाइते

धनगढी, १२ चैत । कैलालीको कैलारी गाउँपालिकाको हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
कैलारी गाउँपालिका–३ भर्री चोक नजिक सुदूरपश्चिम प्रदेश ०१००८ प ४८१२ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा भएको दुर्घटनामा ट्राफिक प्रहरीका जवान गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा अस्थायी ट्राफिक पोष्ट हसुलियामा कार्यरत प्रहरी जवान अनिल कुमार रावल रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार रावलले चलाएको मोटरसाइकलले साइकल यात्री कैलारी गाउँपालिका–३ का २६ वर्षीय रशिल चौधरीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट चौधरी सामान्य घाइते भएपनि रावलको अवस्था भने गम्भीर छ । टाउकोमा चोट लागेर बेहोस भएका रावलको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने चौधरी पनि सेतीमै उपचाररत छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।