२९ फाल्गुन २०८२, शुक्रबार March 13, 2026

रजत जयन्तीको अवसरमा विविध कार्यक्रम

२८ फाल्गुन २०८२, बिहीबार
रजत जयन्तीको अवसरमा विविध कार्यक्रम

धनगढी, २८ फागुन । चैतन्य पाठशाला धनगढीले आफ्नो रजत जयन्ती समारोह अभिभावक दिवस तथा वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन मार्फत रजत जयन्ती अभिभावक दिवस तथा वार्षिकोत्सव सम्बन्धि जानकारी दिएको हो । शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिको सम्मान जस्ता मावन विकास र विश्व कल्याणको शैक्षिक दर्शनलाई आत्मसात गर्दै बालबालिकाको सर्वाङ्गीन विकासका लागि सर्मपित पाठशालाले विविध कार्यक्रम आयोजना गरि मनाउने भएको हो ।
यहि फागुन २९ र ३० गते हुने कार्यक्रममा पाठशालाले विद्यार्थी लक्षित कार्यक्रम अन्र्तगत विज्ञान प्रर्दशनी तथा स्टीम परियोजना प्रर्दशनी, सृजनात्मक अभिव्यक्ति तथा चित्रकला प्रस्तुती, विद्यार्थीहरुका बहुआयामिक सांस्कृतिक तथा प्रतिभा प्रस्तुती, प्रतिभा सम्मान कार्यक्रम रहने पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले जानकारी दिए ।
अभिभावक लक्षित कार्यक्रम अन्र्तगत आर्दश अभिभावक सम्मान, रामाइलो खेल कार्यक्रम आयोजना हुने र शिक्षक तथा कर्मचारी केन्द्रित कार्यक्रम अन्र्तगत आर्दश शिक्षक तथा कर्मचारी सम्मान, उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान, शिक्षक तथा कर्मचारीहरुको प्रस्तुती रहने अध्यक्ष जोशीले जानकारी दिए ।
त्यसैगरि शैक्षिक सेवा तथा शैक्षिक सहयोग अन्र्तगत कैलाली बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण, धनगढी आसपासका सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण, प्रदेशका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयबाट सी परीक्षामा सहभागी एक हजार विद्यार्थीलाई व्रिज कोर्ष तथा बहुआयामिक क्षमता विकास कोर्ष अध्ययन सम्बन्धी छात्रवृति दिेने, मावन सेवा लक्षित संघसंस्थालाई सहयोग र सामुदायिक विद्यालयलाई भौतिक तथा शैक्षिक सामाग्री वितरण, प्रदेशको पहाडी जिल्लामा अवस्थित सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छ हजार विद्यार्थीलाई उपयोगी पुस्तक वितरण र लोक सेवा तयारी कक्षामा जेहेन्दार तथा आर्थिक रुपमा विपन्न युवालाई अवसर प्रदान गर्ने जनाएको छ ।
साथै पूर्व सञ्चालक, पूर्व शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी, पूर्व पिटिए अध्यक्ष र व्यवस्थापन समिति सदस्यलाई सम्मान र वर्तमान पिटिए पदाधिकारी तथा व्यवस्थापन समिति सदस्यलाई समेत सम्मान गर्ने जनाएको छ ।
सोही अवसरमा फागुन २९ गते वनदेवी मन्दिर परिसरबाट पाठशालासम्म र ३० गते गुरही चोकदेखि पाठशाला परिसरसम्म प्रभातफेरीको कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी समेत प्रस्तुती रहने जनाएको छ । सुदूरपश्चिम लोक सांस्कृतिक समाज पञ्चेबाजा, मगर समुदायको पञ्चेबाजा, थारु सखिया नाच, रानाथारुको होरी, अछामी सेवा समाजको होली, खप्तड छान्ना लोक संस्कृति संरक्षण समूहको भुवा नाच र चैतन्य तेक्वान्डो दोजाङ्ग, चैतन्य स्पोर्ट एकेडेमी, चैतन्य लोक सेवा तयारी, चैतन्य पतञ्जली योग केन्द्र र चैतन्य रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको प्रस्तुती अध्यक्ष जोशीले जानकारी दिए ।