४ बैशाख २०८३, शुक्रबार April 17, 2026

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका पक्षमा बढ्दो जनलहर

१५ फाल्गुन २०८२, शुक्रबार
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका पक्षमा बढ्दो जनलहर

धनगढी, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार बनेका आनन्दबहादुर चन्द चुनावी घरदैलो अभियानका क्रममा धनगढी उपमहानगरपालिका–२ को साइली कटान क्षेत्रमा पुग्दा टोलवासीहरू भेला भइसकेका थिए।
“आफ्नो क्षेत्रबाट उठेका रवि र बालेनका उम्मेदवार कस्ता रहेछन्रु के भन्नुहुन्छरु” भन्ने जिज्ञासासहित जंगबहादुर योजना सुन्ने र प्रश्न गर्ने मुडमा थिए। उम्मेदवार चन्द नजिक पुग्नासाथ उनले भने, “पहिले तपाईं आफ्नो परिचय दिनुहोस्, त्यसपछि एजेन्डा सुनाउनुहोस्। त्यसपछि हामी थप कुरा गरौँला।”
आफ्नो क्षेत्रका समस्यालाई मिहिन ढंगले बुझेका र योजना बनाएका डा. चन्दले प्रश्नहरूको सरल र स्पष्ट जवाफ दिए। साइली कटान क्षेत्रको डुबान र नदी कटानको समस्यालाई उनले विश्वासिलो ढंगले प्रस्तुत गरे। साथै, देश विकास नहुनुको कारणबारे आफ्नो धारणा राख्दै नेतातन्त्रका कारण बढ्दो बेथिति र भ्रष्टाचार नियन्त्रणका लागि पार्टी र व्यक्तिगत रूपमा गरिएका प्रयासबारे जानकारी दिए। प्रणाली सुदृढीकरणका लागि आवश्यक कामबारे पनि उनले स्पष्ट पारे।
“अन्य पार्टीका नेताहरूले धेरै आश्वासन बाँड्ने गरेका छन्। तर चन्द सरले हाम्रो समस्यालाई राम्रोसँग बुझ्नुभएको रहेछ। त्यसैले हामी खुसी छौँ। यसपटक हामी टोलवासीले नै मत परिवर्तन गरी घण्टीमा मतदान गर्ने प्रतिबद्धता जनाउँछौँ,” एक स्थानीयले बताए। अन्यले समर्थन स्वरूप ताली बजाए।


शनिबार साँझ चन्दको टोली धनगढी उपमहानगरपालिका–६ मटियारी पुग्दा राना थारु समुदायले यसपटक घण्टीमा मतदान गर्ने निर्णय सुनाए। यद्यपि, अघिल्ला नेताहरूको कार्यशैलीप्रति उनीहरूले गुनासो पनि व्यक्त गरे।
“कांग्रेस, एमाले, माओवादीबाट उठेका सबै नेतालाई जिताएर पठायौँ, तर फर्केर आएनन्। त्यसैले अब पुरानालाई होइन, नयाँलाई जिताउन चाहन्छौँ। तर नयाँ पनि उस्तै हुने हो किरु” एक अगुवा महिलाले प्रश्न गरिन्।

उनले राना थारु समुदायमा सिकल सेल एनिमियाको समस्या, सेती अस्पतालको सेवामा देखिएको दुर्दशा, स्वास्थ्य बीमाको जटिलता, खेतमा सिँचाइका लागि ट्युबवेलको अभाव, खानेपानी लगायतका विषय उठाउँदै उम्मेदवारसँग प्रतिबद्धता मागिन्।
डा। चन्दले दशकौँदेखि ससाना समस्या समाधान नभएकै कारण नागरिक बाध्य भएर यस्ता मुद्दा उठाउनुपरेको बताए। “पुरानो प्रणालीगत समस्या समाधान गर्न रास्वपाले नयाँ प्रणालीबाट काम अघि बढाउनेछ। हाम्रो नेतृत्वमा सरकार बनेको पहिलो १०० दिनमै परिवर्तनको संकेत देखिनेछ,” उनले भने।
यी दुई स्थान उदाहरण मात्र भएको उल्लेख गर्दै धनगढी क्षेत्र नं। ५ मा यसपटक मत परिवर्तनको संकेत देखिएको दाबी गरिएको छ।
नेपाली कांग्रेसबाट यसपटक कांग्रेसबाट नरनारायण शाह (मनु) उम्मेदवार छन्। एमालेबाट यज्ञराज ढुंगाना र नेकपाबाट प्रेम आले उम्मेदवार बनेका छन्।
पछिल्ला दिनमा भने रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दले उल्लेख्य जनसमर्थन बटुलेको दाबी गरिएको छ। बजार क्षेत्र होस् वा गाउँ, चन्दकै पक्षमा जनमत बढिरहेको स्थानीयहरू बताउँछन्। “तर यो लहर २१ फागुनसम्म जोगाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता छ,” धनगढी–५ हसनपुरका शिव शर्माले भने।
चन्दले देश–विदेशको अध्ययन, सिकाइ र अनुभवलाई प्रयोग गरी देश विकासमा योगदान दिने प्रतिबद्धता जनाएका छन्।
“मलाई नेता नभन्नुहोस्, म तपाईंहरूको दाइ–भाइ, छोरा–नाति हुँ। दशकौँसम्म अन्य पार्टीलाई भोट दिए पनि खासै विकास भएन, न त प्रणाली नै सुध्रियो। यसपटक आफ्नै लागि, आफ्ना सन्ततीका लागि मतदान गर्नुहोस्,” उनले नम्र शैलीमा मतदातासँग आग्रह गर्दै आएका छन्।
उनले आफ्नो प्रतिबद्धतापत्रमा गुणस्तरीय शिक्षा र स्वास्थ्य, आधुनिक कृषि, बीउ–मल व्यवस्थापन, उत्पादनपछिको बजारीकरण, धनगढीलाई पर्यटन र व्यापार केन्द्रका रूपमा विकास गर्दै क्रमशः औद्योगिक नगरको रूपमा विस्तार गर्ने योजना उल्लेख गरेका छन्।

“चन्दजी योग्य र क्षमतावान उम्मेदवार हुनुहुन्छ। क्षेत्र नं. ५ मा उहाँजस्तो उम्मेदवार अरू छैन। अब हामी उहाँलाई नै भोट दिने योजनामा छौँ,” हसनपुरका शिवराज भट्टले बताए।