२३ चैत्र २०८२, सोमबार April 6, 2026

थारु कलाकार चन्दर चौधरीलाई आर्थिक सहयोग

२९ माघ २०८२, बिहीबार
थारु कलाकार चन्दर चौधरीलाई आर्थिक सहयोग

धनगढी, २९ माघ । थारु कलाकार चन्दर चौधरी विगत केही समयदेखि गम्भीर नशासम्बन्धी स्वास्थ्य समस्याका कारण बिरामी भई उपचाररत रहेका छन् ।
घरपरिवारका एक्ला कमाउने सदस्य रहेका उनको स्वास्थ्य अवस्था अत्यन्त कमजोर भई हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगेपछि रोजगारी गर्न असमर्थ भएका छन् । अहिले उनको पारिवारिक अवस्था पनि दयनीय बन्दै गएको छ ।


यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै थारु कलाकारहरूको संस्था ‘हमार चैनार समूह’ले मानवीय सहयोग अन्तर्गत उनलाई नगद आर्थिक सहयोग प्रदान गरेको छ । समूहकी कोषाध्यक्ष उषा गोरी, ब्राण्ड गोविन्द मुखिया तथा कलाकार राजु चौधरी राजको उपस्थितिमा उक्त सहयोग कलाकार चौधरीलाई हस्तान्तरण गरिएको हो ।
‘हमार चैनार समूह’ले संकटमा परेका कलाकारहरूको साथमा उभिने आफ्नो सामाजिक दायित्वअनुसार यो सहयोग गरिएको समूहका अध्यक्ष मुन्नालाभ कुस्मीले जानकारी दिए । समूहले भविष्यमा पनि आवश्यकता अनुसार सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।