हसुलियामा पाठेघरको मुखको क्यान्सर परीक्षण सेवाको निःशुल्क शिविर हुने


कैलाली । महिलाहरुमा १० वर्ष पछिसम्म देखिन सक्ने सम्भावित पाठेघरको मुखको क्यान्सर परिक्षण हसुलिया स्वास्थ्य चौकीमा निःशुल्क शिविर सञ्चालन हुने भएको छ ।
कैलारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा ओरेक नेपालको आर्थिक सहयोग र नेपाल परिवार नेयोजन संघ कैलालीको प्राविधिक सहयोगमा यही असोज १० गते आइतबार उक्त शिविर सञ्चालन हुने जनाएको छ ।
ओरेक नेपालकी गीता चौधरीले स्त्रीरोग विशेषज्ञहरुबाट खास गरि महिलाहरुमा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्याबारे चेकजाँच गरिने बताइन् । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण, महिलाहरुमा देखिने विभन्नि प्रकारका यौन संक्रमण सम्बन्धी परिक्षण, सल्लाह एवं लाक्षणिक उपचार सेवा, पाठेघर खसेका महिलाहरुको स्क्रिनिङ तथा रिंगपेसरी सेवा, परिवार नियोजन सम्बन्धी परामर्श तथा आइयूसीडी र इमप्लान्ट सहित अस्थायी साधन सेवा बारे सल्लाह सुझाव दिने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *