११ आश्विन २०८२, शनिबार September 27, 2025

धनगढीमा भब्यताका साथ गुरही पर्व मनाइयो (फोटो फिचर)

१३ श्रावण २०८२, मंगलवार
धनगढीमा भब्यताका साथ गुरही पर्व मनाइयो (फोटो फिचर)

धनगढी, १३ साउन । कैलालीसहित विभिन्न जिल्लामा आज मङ्गलबार थारु समुदायमा गुरही पर्व मनाइएको छ । यसै बिच धनगढीको गुरही चौकमा पनि भब्यताका साथ गुरही पर्व मनाईको छ । गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित छ । गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोगव्याधीले नसताउने, महामारी नफैलिने जनविश्वास रहेको छ ।
गुरही पर्वमा कपडाको गुरही बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख बिसर्जन गर्ने चलन रहेको छ । यो पर्वमा बालिका वा किशोरीहरुले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरुले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै सोंताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि बालिकाहरुले गुरहीसँग ल्याएको मकैको भुजा वा गेडागुडी बाँडेर खाने चलन रहेको छ ।
वर्षातको समयमा आँखा पाक्ने, घाउ खटिरा आउने, ज्वरो लगायतका स्वास्थ्य समस्या बालबालिकालाई हुने गर्दछ । यसलाई थारु भाषामा खाँज भन्ने गरिन्छ । गुरही पर्वले बालबालिकामा लाग्ने खाँज हटाउने गरेको बताइएको छ ।

फोटो : विकास रत्गैंया