धनगढी, ६ भदौ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरिएको छ ।
यहाँ स्थित थारु सम्वद्ध संघ संस्थाले एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जघन्य अपराधको घटना प्रति ध्यानाकार्षषण जनाउँदै उक्त घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको हो ।
‘थारु संघ संस्था यस घट्नाको तत्काल, निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गरि घटनामा संलग्न दोषीलाई पहिचान तथा कानुन बमोजिम कडा कारवाही गर्न सम्बन्धित निकाय सँग जोड्दार माग गर्दछौँ’, भनि विज्ञप्तीमा उल्लेख रहेको छ ।
साथै अनुसन्धानका क्रममा घटना स्थल तथा उपलब्ध प्रमाणहरुको संरक्षण वैज्ञानिक परिक्षण र प्रमाणमा आधारित अनुसन्धान सुनिश्चित गरिनु पर्ने अनुसन्धान प्रक्रियालाई कुनै पनि राजनितिक, सामाजिक वा अन्य दबाबबाट मुक्त राखी पीडित परिवार लाई न्याय प्राप्त हुने वातावरण सुनिश्चित गर्न पनि माग गरिएको छ ।

यसका साथै शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दै परिवारलाई आवश्यक मनोसामाजिक परामर्श, कानुनी सहायता, सुरक्षा तथा न्यायीक प्रक्रियामा आवश्यक सहयोग उपलब्ध गराउँन सम्बन्धित निकायसँग माग पनि गरेको छ ।
संयुक्त प्रेस विज्ञप्ती निकाल्ने संघ संस्थाहरुमा थारुकाल्याणकारिणी सभा धनगढी नगरसमिती, थारु कल्याणरिणी सभा जिल्ला कार्यसमिती, कञ्चनपुर, थारु महिला सञ्जाल कैलाली, सखी सञ्जाल, कैलाली रहेका छन् ।
त्यसैगरि गोहिनके फाउण्डेशन, थारु लेखक संघ नेपाल, बातचित घर धनगढी, नगर भल्मन्सा समिती कैलाली, थारु पत्रकार संघ कैलाली, पहुरा थारु दैनिक, थारु राष्ट्रिय कलाकार मञ्च सुदुरपश्चिम प्रदेश, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कैलाली, थारु महिला सभा कैलाली, हिरगर साहित्यिक बगाल, हमार चैनार समुह, कैलाली लगायत संघसंस्था रहेका छन् ।
बाराको जितपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरी साउन ३१ गते साढे ८ बजे बिहान घरबाट बेपत्ता भएकी थिइन् । उनी भदौ २ गते साँझ जितपुरसिमरा–१ भक्तिनगरस्थित खाली कोठामा मृत भेटिएकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गरिमा घरबाट बेपत्ता भएपछि उनलाई जितपुरसिमरा–२ बस्ने १६ वर्षीय सुमन थापाले चकलेट दिएर ललाइफकाई गरेको र घटनास्थलमा लगेको खुलेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय सुमन थापा र जितपुर–सिमरा– १ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।