१४ असार २०८३, आईतवार June 28, 2026

थारु होमस्टे गाउँ भादा देशकै उत्कृष्ट

२३ बैशाख २०८२, मंगलवार
थारु होमस्टे गाउँ भादा देशकै उत्कृष्ट

धनगढी, २३ बैशाख । थारु होमस्टे गाउँ भादा देशकै उत्कृष्ट होमस्टेको रुपमा छनौट भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिले एक कार्यक्रमको बीच भादा होमस्टेलाई उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशीले पुरस्कृत गरिएको छ । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति कैलालीका अध्यक्ष लक्ष्मीनारायण चौधरीलाई एक लाखको चेक सहित पुरस्कृत गरिएको हो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तारा गाउँ विकास समितिद्वारा आ.व. ०८१/८२ को वार्षिक कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका–१६ भादा गाउँमा रहेको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति कैलालीलाई उत्कृष्ट होमस्टेको रुपमा घोषणा गरेका हो ।


यस्तै, बर्दियाको जैविक मार्ग होमस्टे डल्ला दोश्रो भएको छ । डल्लालाई ७५ हजार धनराशीले पुरस्कृत गरिएको छ । यस्तै, हाँडीगाउँ सामुदायिक होमस्टे काठमाण्डौले तृतीय उत्कृष्ट होमस्टे स्थान हासिल गरेको छ । हाँडीगाउँ होमस्टेलाई ५० हजार धनराशीसहित पुरस्कृत गरिएको छ ।
भादा गाउँमा आयोजित सुदूरपश्चिम प्रदेशगत होमस्टे कार्यशाला (घरवास) कार्यशालाको समापन कार्यक्रममा समितिका अध्यक्ष सुरेशराज जोशी तथा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीले प्रथम, दृतिय र तृतीय हुने होमस्टेलाई पुरस्कृत गरेका थिए ।
तारा गाउँ विकास समितिले नेपालभरकै होमस्टेलाई केही समय अगाडि पुरस्कारको लागि आवेदन आह्वान गरेको थियो । सोही आवेदनको आधारमा भादालाई उत्कृष्ट होमस्टेको रुपमा छनोट गरेको होमस्टे महासंघ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले जानकारी दिए ।