५ बैशाख २०८३, शनिबार April 18, 2026

स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२२ बैशाख २०८२, सोमबार
स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

धनगढी, २२ बैशाख । कैलालीको भजनी नगरपालिका–७ स्थित गणेशमान चोकमा स्कारपियोको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ ।


भारतीय युपी ३१ एयु ७३२० नम्बरको मोटरसाइकल चलाइरहेका २० वर्षीय कुलदीप धोवीलाई बाँके, कोहलपुर नगरपालिका–२ का ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको बीएबी ४५९२ नम्बरको स्कारपियोले ठक्कर दिएको हो ।


गम्भीर घाइते भएका धोवीलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।