धनगढी, १५ चैत । नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकार महासंघको ७०औँ स्थापना दिवस विविध कार्यक्रम सहित मनाउने भएको छ ।
कैलाली शाखाले भोलि चैत १६ गते महासंघको स्थापना दिवसको अवसरमा ¥याली, पत्रकार आचारसंहिताबारे अन्तरक्रिया र स्वास्थ्य चेकजाँच सहितको कार्यक्रम राखि मनाउन लागेको हो ।
यसै बिच स्थापना दिवसको पूर्व सन्ध्यामा कैलाली शाखाले दिवसलाई भब्य र सभ्य तरीकाले मनाउनका लागि विभिन्न पत्रकार संगठनका पदाधिकारीहरुसँग छलफल गरिएको छ ।
कार्यक्रम सफल पार्नका लागि विभिन्न पत्रकार संगठनका पदाधिकारीहरुसँग सुझाव लिदैँ छलफल गरिएको कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए । अध्यक्ष देउवका अनुसार शनिबार बिहान ८ बजे राष्ट्र बैंक चोक देखि पत्रकार महासंघ कैलाली शाखाको अफिससम्म ¥याली निकाल्ने र अन्तरक्रियाको कार्यक्रम गर्ने जानकारी दिए । साथै उनले पत्रकार महासंघमा पत्रकारको स्वास्थ्य परिक्षण र महिला पत्रकारहरुकोे पाठेघरको स्क्रिनिङ गरिने बताए ।