१२ बैशाख २०८३, शनिबार April 25, 2026

फोनिज कञ्चनपुर अध्यक्षमा पुनः कुश्मी

१६ माघ २०८१, बुधबार
फोनिज कञ्चनपुर अध्यक्षमा पुनः कुश्मी

कञ्चनपुर, १६ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कञ्चनपुर जिल्लाको अधिवेशन सम्पन्न भएको छ । झलारीमा सम्पन्न भएको फोनिज कञ्चनपुरको छैठौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट डिवी कुश्मीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कुश्मी अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समितिको उपाध्यक्षमा नरेश राना, सचिवमा सुरत थारू, कोषाध्यक्षमा पूजा कुश्मी र सह–सचिवमा अरुण डगौंरा निर्वाचित भएका छन् । यस्तै, सदस्यमा सरिता चौधरी, अशोक चौधरी, खुशीराम चौधरी, भुवनेश्वरी राना र सिमा गुरुङ्ग चयन भएका छन् । एक जना सदस्य अब बस्ने कार्य समितिको बैठकले मनोनित गर्नेछ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भिमबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि फोनिजका सुदूरपश्चिम प्रदेश अध्यक्ष लखन दहित रहेका थिए । कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय सदस्य कुमारी चौधरी, लक्ष्मी चौधरी, पूर्व प्रदेश इन्चार्ज रामचन्द्र कुश्मी तथा कञ्चनपुरमा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनले चार जना प्रदेश प्रतिनीधि र तीन जना केन्द्रीय प्रतिनीधि समते छनोट गरेको छ । प्रदेश प्रतिनीधिमा चन्द्रीका चौधरी, दिनेश चौधरी, दानसिंह डगौंरा तथा केन्द्रीय प्रतिनीधिमा रामचन्द्र कुश्मी, कुमारी लक्ष्मी चौधरी र हेमन्ती चौधरीलाई छनोट गरेको छ ।