१५ बैशाख २०८३, मंगलवार April 28, 2026

पेट्रोल डिजेलको मूल्य बढ्यो

१६ पुष २०८१, मंगलवार
पेट्रोल डिजेलको मूल्य बढ्यो

काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ बढाएको हो । नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ ।
डिजेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १ सय २६ रुपैयाँ कायम गरेको छ ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ (काठमाडौंका लागि) प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको निगमले जनाएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।