धनगढी, १ पुस । धनगढीमा संचालन भईरहेको सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थप गरिएको छ ।
मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गते सम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सव आयोजक
कैलाली उद्दोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले दर्शकको मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएको बताए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी दिए ।
हरेक बर्ष यसै समयमा संचालन भईरहेको महोत्सवले यश क्षेत्रको आर्थिक गतिबिधी चलायमान भईरहेको छ ।