५ बैशाख २०८३, शनिबार April 18, 2026

कांग्रेसद्वारा जिसस प्रमुखका लागि टीका चौधरीलाई उम्मेदवार बनाउने निर्णय

२९ कार्तिक २०८१, बिहीबार
कांग्रेसद्वारा जिसस प्रमुखका लागि टीका चौधरीलाई उम्मेदवार बनाउने निर्णय

धनगढी, २९ कात्तिक । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सो पार्टीको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सिफारिस गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको प्रमुखका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।
प्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन् । नेपाली कांग्रेसबाट उनी दलित महिला सदस्यको रुपमा वडामा निर्वाचित भएकी थिइन् ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।