धनगढी, २ कार्तिक । दिपावलीको उपलक्ष्यमा आजदेखि धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेलामा फुटबल प्रतियोगिता सुरु भएको छ ।
पटेला स्मार्ट क्लबको आयोजामा आज र्कािर्तक २ गते देखि प्रथम पटेला पुरुष तथा महिला क्लब स्तरिय आमन्त्रित खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका बिच वडा नम्बर ७ का वडा अध्यक्ष मोति रानाले उद्घाटन गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथीहरुमा प्रतियोगिताका प्रायोजक भागेश्वर कन्ट्रक्सनका माधव प्रसाद भट्ट, प्रतियोगिताका संरक्षक तथा पटेला सामुदायिक वनका अध्यक्ष अर्जुन चौधरी, कैलाली जिल्ला फुटवल संघका महासचिव महेश राज जोशी लगायत रहेका थिए ।
त्यसैगरि उद्घाटन सत्रका अन्य अतिथीहरुमा ज्योति कृषि सहकारी संस्थाका अध्यक्ष सिताराम राना, समाजसेवी भीम पडाल, जखौरबाबा युवा क्लबका अध्यक्ष देव बहादुर सेठी, जिल्ला तेक्वाण्डो संघका धनबहादुर चौधरी, संजिवनी अस्पताल प्रालिका सुमन चौधरी, देवरिया सामुदायिक वन उपभोक्ता समूहका खगेन्द्र राना, सिद्धनाथ सामुदायिक वनका पूर्व अध्यक्ष कुबेर बहादुर थापा, देवरिया गौशालाका सचिव सिद्धराज बडु लगायत रहेका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष अनन्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निरन्जन चौधरीले स्वागत मन्तब्य राखेका थिए ।
कार्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि पुरुष तर्फ १४ टीम र महिला तर्फ ८ टीमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरस्कारहरुमा पुरुष तर्फ प्रथम पुरस्कार रु. ६० हजार, द्धितिय रु. ३० हजार र सान्त्वना पुरस्कार रु. १० हजार रहेको छ । त्यस्तै महिला तर्फ प्रथम हुने टीमलाई रु. २५ हजार, द्धितिय हुनेलाई रु. १५ हजार रहेको आयोजक क्बलले जनाएको छ ।
यसै बिच उद्घाटन खेल मनकामना युवा क्लब र धनगढी यूथ एलायन्स क्लब बिच भएको थियो । प्रतियोगितामा धनगढी यूथ एलायन्स क्लबले मनकामनालाई १ को विरुद्ध २ गोल गरेर विजयी भएको थियो । क्लबका किरण बोहरा र मनोज चौधरीले १÷१ गोल गरेका थिए भने मनकामनाका रोशन सिंहले १ गोल गरेका थिए ।