धनगढी, २८ असोज । दिपावलीको उपलक्ष्यमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेलामा फुटबल प्रतियोगिता हुने भएको छ ।
पटेला स्मार्ट क्लबको आयोजामा यही र्कािर्तक २ गते देखि प्रथम पटेला पुरुष तथा महिला क्लब स्तरिय आमन्त्रित खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको पुरस्कारहरुमा पुरुष तर्फ प्रथम पुरस्कार रु. ६० हजार, द्धितिय रु. ३० हजार र सान्त्वना पुरस्कार रु. १० हजार रहेको छ । त्यस्तै महिला तर्फ प्रथम हुने टीमलाई रु. २५ हजार, द्धितिय हुनेलाई रु. १५ हजार रहेको आयोजक क्बलले जनाएको छ ।
प्रतियोगिताका लागि टीम दर्ता यही असोज ३० गतेसम्म रहेको, टाइसिट निकाल्ने कार्तिक १ गते र खेल सञ्चालन कार्तिक २ गते देखि हुने जनाएको छ । टीम इन्ट्रीका लागि पुरुष तर्फ पाँच हजार ५५ रुपिया र महिलातर्फ दुई हजार ५१ रुपिया शुल्क निर्धारण गरिएको छ ।


