धनगढी, १५ बैशाख । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १० नुक्लिपुर सामुदायिक होमस्टेमा सखिया नाचको तालिम सुरु भएको छ ।
परम्परागत लोक नृत्य संरक्षणका लागि सखिया नाच तालिम तथा समाग्री वितरण गरिएको हो । सुदुरपश्चिम प्रज्ञाप्रतिष्ठानको आयोजना तथा नुक्लिपुर सामुदायिक होमस्टेमा बैशाख १५ गतेदेखि २९ गतेसम्म १५ दिने तालिम सुरु भएको हो ।
सुदुरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीको अध्यक्षता तथा प्रदेश सभा सदस्य प्रकाश बमले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा गौरीगंगा नगरपालिका प्रमुख देविदत्त कडेल, उपप्रमुख भोज बहादुर बम, वडा अध्यक्ष नरसिंह सार्की लगायतका सहभागी रहेका थिए ।

तालिममा बोतिया देवि चौधरीले सखिया नाच, मादलमा धनिराम चौधरीले प्रशिक्षकको रुप प्रशिक्षण गर्ने भएका छन् । तालिममा ३० जना सहभागि रहेका छन् । तालिम सहभागीहरुलाई, लेहङ्गा, चोलिया ,मजिरा, मादल पनि वितरण गर्ने कार्यक्रम रहेको नुक्लिपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दहित थारुले जानकारी दिए । तालिमका लागि प्रज्ञा प्रतिष्ठानको एकलाख पचास हजार बजेट विनियोजन गरेको छ ।