धनगढी, २८ चैत । थारु म्युजिक अवार्डको विषय लिएर सामाजिक सञ्जालमा मिथ्या अरोप लगाउने व्यक्ति प्रति ध्यानाकार्षण ध्यानाकार्षण जनाएको छ ।
बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रालि कैलालीको आयोजना तथा थारु कलाकार मञ्च सुदूरपश्चिम र केन्द्रको सहकार्य यहि चैत २४ गते धनगढीमा भएको अवार्ड कार्यक्रमको विषयलाई लिएर केही व्यक्तिले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट आयोजक तथा व्यक्तिगत इस्यु बनाएर मिथ्या अरोपप्रति ध्यानाकार्षण जनाएको हो ।
आयोजक बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रालि कैलालीका अध्यक्ष हरेन्द्र चौधरीले कार्यक्रमको पहिलो चरणको तयारी गरिरहँदा देखि नै केही व्यक्तिले आयोजकको मानमर्दन हुनेगरी बारम्बार सामाजिक सञ्जाल मार्फत तथानाम भ्रम फैलाई कलाकार तथा आम जनतालाई भ्रमित गरेको बताए । उनले पछिल्लो सामाजिक सञ्जालमा अवार्ड सँग जोडिएर कपोकल्पित मित्थ्या आरोप लगाइएको बताए ।
उनले आरोप लगाउने व्यक्तिहरु सँग प्रमाण भए प्रमाणित गर्न अनुरोध गर्दै प्रमाणित भए आयोजक जुनसुकै कार्यवाही भोग्न तयार रहेको स्पष्ट पारे । साथै आरोप प्रमाणित गर्न नसके सार्बजनिक रुपमै आफुखुसी गल्ती गरेको सहर्ष स्वीकार गर्दै सार्बजनिक रुपमा माफी माग्न अनुरोध गरेका छन् । अन्यथा उनले कानुनी प्रकृयामा गई कार्यबाहीको प्रकृया अगाडी बढाईने बताए ।
