२०८३ कार्तिक ११ October 28, 2026

कैलारीको हसुलियामा ऊखु बोकेको ट्रकमा आगलागी

२०८० चैत्र २१, बुधबार १८:१७
कैलारीको हसुलियामा ऊखु बोकेको ट्रकमा आगलागी

धनगढी, २१ चैत । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा ऊखु बोकेको एक ट्रकमा आज आगलागी भएको छ ।
कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागि भएको हो । इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दका अनुसार विद्युतको तारमा ट्रक छुन पुग्दा आगलागि भएको हो ।
स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । ऊखु जलेर नष्ट भएको छ भने ट्रकमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।