हसुलिया, २४ पुस । थारु बाहुल स्थानीयपालिका कैलारी गाउँपालिकामा माघ पर्वमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ ।
कैलारी गाउँपालिकाको पुस २० गतेको बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको हो । थारु समुदायको माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए ।

यसै बिच गाउँपालिकाले थारु भाषामा सार्वजनिक सूचना जारी गर्दै बिदाबारे जानकारी गरेको छ । गाउँपालिकाले माघीमा ३ दिन स्थानीय बिदाबारे वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था र वित्तिय संस्थालाई जानकारी गराएको हो ।