८ बैशाख २०८३, मंगलवार April 21, 2026

माघदेखि धनगढीमा सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने

१७ पुष २०८०, मंगलवार
माघदेखि धनगढीमा सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने

धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी माघ १ गतेबाट नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ ।
उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगर क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्री, वितरणमा रोक लगाउने जनाएको हो । चुरोट, बिँडी, गुट्खा, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, गुट्खा, खैनीसहित सूर्तीजन्य पदार्थहरु बिक्री वितरण गर्न नपाइने प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख रहेको छ । यस्ता वस्तु बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।


यसअघि, धनगढी उपमहानगरपालिकाको स्वास्थ्य ऐन २०७७ को दफा ३० (१) मा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री विरणको लागि धनगढी उपमहानगरपालिकाबाट छुट्टै स्वीकृति लिनु पर्ने व्यवस्था गरिएको थियो । सोही ऐनको दफा ३० (२) मा खाद्य पदार्थ बिक्री गर्ने पसलमा सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइने छ भनिएको छ ।