८ बैशाख २०८३, मंगलवार April 21, 2026

धनगढी स्पेल बाउन्ड च्यालेन्ज हुने

५ पुष २०८०, बिहीबार
धनगढी स्पेल बाउन्ड च्यालेन्ज हुने

धनगढी, ५ पुस । एसपीए कलेजको एकेडेमिक क्लबको आयोजनामा धनगढी स्पेलबान्ड च्यालेन्ज आयोजना हुने भएको छ ।

विद्यार्थीहरुको भाषागत क्षमताको प्रतिस्पर्धा हुने प्रतियोगितामा कैलाली र कञ्चनपुरका २० भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउँने एसपीएको एकेडेमिक क्लबले जनाएको छ ।

प्रतियोगिता यही माघ ७ गतेदेखि हुनेछ । प्रतियोगितामा शब्दसँगै चित्रको सही पहिचान, हिज्जे उच्चारणलगायतका राउण्डहरु हुनेछन् ।

प्रतियोगितामार्फत विद्यार्थीहरुले आफूमा भएको भाषागत क्षमताहरु सबैसामु प्रस्तुत गर्ने मौका पाउने एसपीए एकेडेमिक क्लबका अध्यक्ष रमित ढुंगानाले बताए ।

धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा हुन लागिको स्पेल बाउन्डमा एसपीए कलेज, अमेरिकन कर्नर धनगढी, नेल्टा तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले सहयोग गरेका छन् ।