१८ जेष्ठ २०८३, सोमबार June 1, 2026

दाइजो कृषि सहकारीको १२ औं वार्षिक साधारण सभा

१६ मंसिर २०८०, शनिबार
दाइजो कृषि सहकारीको १२ औं वार्षिक साधारण सभा

धनगढी, १६ मंसिर । कैलालीको धनगढी उप–महानगरपालिका वडा नं ७ स्थित दाइजो कृषि सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


सहकारीका बार्षिक साधारणसभा कार्यक्रममा प्रमुख अतिति भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय रामेश्वर चौधरी, विशिष्ट अतिथी धनगढी–७ का वडा अध्यक्ष मोति रानाथारु रहेका थिए । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सहकारीहरु दलालका कारण र दिनप्रतिदिन सुशासनको कमि कमजोरीले दुबिरहेका बताए । वार्षिक प्रतिवेदन हेर्दा यस सहकारीले दिनप्रतिदिन प्रगति गरिरहेको छ । सहकारी संस्था ब्याज खाने संस्था होइन यसले कृषिमा लगानी गर्ने र कृषकलाई सुबिधा दिने हो,’ उनले भने ।
यस संस्थाले गरेका गत वर्ष र अहिले को हिसाब किताब हेर्दा यस संस्थाको कारोबार हेर्दा प्रगति गरेको रहेको छ । यो संस्था शेयर सदस्यहरुको संस्था हो । तपाईंहरुले यस संस्थाले वर्ष भरीमा केके काम ग¥यो भनेर तपाईंले बुझ्न आवश्यक रहेको बताए । मन्त्रालयको तर्फबाट अगामी दिनमा सहयोग केके गर्न सकिन्छ त्यसमा जोड दिने मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरेका छन ।
धनगढी–७ का वडा अध्यक्ष मोति रानाथारु यो संस्थाले यहाका किसानसँगै व्यवसायी पनि लाभान्वित रहेको बताए । कृषकलाई रासायनिक मल र कृषि यन्त्रहरु उपलब्ध गराएपछि कृषि कार्यमा सजिलो भएको बताए । उनले कृषि योग्ष् जमिन घर घडेरीमा परिणम हुदै गएकोले कृषि योग्य जमिनलाई बाँचाइ राख्न आग्रह गरे ।
संस्थाका अध्यक्ष मानबहादुर रानाथारुको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका कामना कार्की, सहकारीका कानूनी सल्लाहकार कृष्ण प्रसाद सुुवेदी, शिक्षा समिति संयोजक मनराज यादवलगायत मन्तव्य गरेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव दिपकराज जोशीले गरेका थिए भने स्वागत मन्तव्य पूर्व अध्यक्ष चन्द्रकिरण चौधरीले गरेका थिए ।
संस्थाको शेयर पुजी ६० लाख २३ हजार, शेयर सदस्य संख्या ६०६ जना र जगेडा कोषमा ८ लाख ९१ हजार ४ सय २२ रुपैया रहेको छ । ४ करोड २५ लाख ५४ हजार ७ सय ७६ रुपैया निक्षेप संकलन रहेको छ । ३ करोड २३ लाख ६८ हजार ७ सय८७ रुपैया ४ पैसा ऋण लगानी रहेको छ । संस्थाको बचत रु. ४ करोड २५ लाख ५४ हजार ७ सय ७६ रुपैया ७५ पैसा रहेको छ । दाइजो कृषि सहकारी संस्था लि. का सचिव दिपक राज जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दाइजो कृषि सहकारी संस्था लि.को आ.व. २०७९÷०८० को वासलात ५ करोड ६० लाख ४० हजार ९सय ५ रुपैया ५५ पैसा बराबर रहेको भनेर सहकारी संस्था लि. का लेखा समिती संयोजक नन्दगोपाल रानाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । ०८०÷०८१ को अनुमानित रकम ब्यवस्थापक बासुदेव रानाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चन्द्रकिरण राना, बचतकर्ता रामफुल राना, जोगिराम राना ,असल ऋणी लाल बहादुर राना ,आगनबारी मिडिया प्रा.लि .का दिनेश राना सम्मानित भएका हुन ।