८ बैशाख २०८३, मंगलवार April 21, 2026

धनगढीमा रानाथारु भाषा साहित्य सम्मेलन हुने

१६ मंसिर २०८०, शनिबार
धनगढीमा रानाथारु भाषा साहित्य सम्मेलन हुने

धनगढी, १६ मंसिर । रानाथारु भाषा साहित्य सम्मलेन २०८० हुने भएको छ ।
राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा यहि मंसिर २३ गते शनिबार उक्त सम्मेलन हुने भएको हो । सम्मेलन तयारी बारे शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । धनगढीको रुबस होटलमा हुने कार्यक्रममा नेपाल तथा भारतका रानाथारु बुद्धिजिवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, इतिहास विद, भाषा विदहरुको सहभागिता रहने जनाइएको छ ।


विश्व व्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अंगे्रजी लगायत थुप्रै भाषाको प्रभावले मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रवाभको विश्लेषण तथा न्यूनीकरण तथा मौलिक शब्द रक्षार्थ सम्मेलन गर्न गइरेहेको कार्यक्रम संयोजक पदम बहादुर रानाले बताए ।
संयोजक रानाले सम्मेलनले विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा अनुसन्धान, लोकगीत संगीतलाई समेत संरक्षणमा टेवा पुग्ने बताए ।
यसका साथै कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यक रचना बाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरण बारे गहन छलफल हुनका साथै लोक सांस्कृतिक प्रस्तुती एवं स्रष्टाहरुलाई सम्मान पनि गर्ने जनाइएको छ ।