८ बैशाख २०८३, मंगलवार April 21, 2026

मोहना अत्तरिया छ लेन अनुशासन पालना गर्न ट्राफिक प्रहरीको अनुरोध

२३ कार्तिक २०८०, बिहीबार
मोहना अत्तरिया छ लेन अनुशासन पालना गर्न ट्राफिक प्रहरीको अनुरोध

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले मोहना अत्तरिया छ लेन सडक खण्डमा लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ ।
कार्यालयले बिहीबार यातायात प्रालि धनगढी र सेती महाकाली ट्रक व्यवसायी संघ, पेट्रोलियम संघ, विद्युतिय रिक्सा प्रालि धनगढीलाई आवश्यक कार्यान्वयन गर्न फोटो र पत्र पठाउँदै चालक तथा सवारी धनीलाई छ लेन अनुशासन पालना गर्न अनुरोध गरेको हो ।


प्रहरी निरीक्षक दिपक मल्लद्वारा हस्ताक्षरित पत्रमा मोहना अत्तरिया छ लेन सडक खण्डमा चालकले उक्त लेन अनुशासनको पालना नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही हुने पनि जनाएको छ ।