धनगढी, २३ असोज । नेपालमा कृषिमा आधारित बंधुवा श्रमको अन्त्य मुक्त कमैयाहरुको समस्या समाधानका लागि कार्यविधी निर्माण विषयक प्रदेश स्तरीय सरोकारवाला बिच अन्तरक्रिया भएको छ ।
मुक्र कमैया समाजका प्रदेश अध्यक्ष चन्द्र प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहेका थिए ।
कार्यक्तममा मुक्त कमैया महिला जागरण समाज कञ्चनपुरकी अध्यक्ष बिना चौधरीले देशमा व्यवस्था परिवर्तन भएतापनि मुक्त कमैया हरुको हालसम्म अवस्था परिवर्तन हुन नसकेको गुनासो गरेकी थिइन् ।
२०७५ सालमा पुनस्थापना सम्बन्धि काम रोकिए पश्चात हाल देशमा तीन तहको सरकार हुँदा अब मुक्त कमैया हरुको पुनस्थापना सम्बन्धि हेर्ने निकाय कुन हो भनि प्रश्न पनि गरेकी थिइन् । हाल सम्म पनि धेरै जस्तो मुक्त कमैया हरुको पुनर्स्थापित हुन नसकेको र पुनर्स्थापित भएका पनि प्रया जस्तो लालपुर्जा हातमा रेहेता पनि भूमि स्वामित्व हक प्राप्त नरहेको र धेरै जस्तो नदी, खोलाको बगरमा रहेको प्राप्त जमिन नदीले बगाएर लागेको कारण भूमि विहिन भएको उनले बताइन् । उनले अव्यवस्थितको अनुसुची भरेर पनि आफूहरुसँग जग्गा नरहेको उदहारण धेरै मुक्त कमैयाहरुको समस्या रहेको बताइन् ।
प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चौधरीले अन्तरक्रियामा उठेका सवाल अनुसार पुर्नःस्थापना सम्बन्धि आवश्यकता अनुसार समिति वा कार्यविधि बनाएर कार्य प्रक्रिया अगाडी बढाइरहेको बताए । उनले आव २०८०÷२०८१ प्रदेश सरकारका तर्फबाट पनि पुनःस्थापन सम्बन्धी वजेट विनियोजन गरेको र सरकारको नीति तथा कार्यक्रम रहेको बताए ।
कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाका मालपोत कार्यालय प्रमुख, सरोकारवाला संघसस्था मुक्त कमैया समाज, कमैया माहिला जागरण समाज,मुक्त कमैया विकास मञ्च, राष्ट्रिय हलिया मञ्च, राष्ट्रिय दलित नेटवर्क, मुक्त कमलरी समाज लगायत विभिन्न संस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।