कैलाली बहुमुखी क्याम्पस सहित सुदूरपश्चिमका त्रिवि मातहतका १५ क्याम्पसको सम्बन्धन खारेज


धनगढी । त्रिभुवन बिश्वविद्यालयले सुदूरपश्चिममा कैलाली बहुमुखी क्याम्पस सहित १५ क्याम्पसको सम्बन्धन खारेज गरेको छ । त्रिबीले देशभरबाट २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको हो।

त्रिविका अनुसार जनता बहुमुखी क्याम्पस अछाम, पाटन बहुमुखी क्याम्पस बैतडी, जगन्नाथ बहुमुखी क्याम्पस बैतडी, मनीलेख क्याम्पस बैतडी, जयपृथ्वी बहुमुखि क्याम्पस बझाङ, बडिमालीका क्याम्पस बाजुरा, बाजुरा क्याम्पस बाजुरा, दार्चुला बहुमुखी क्याम्पस दार्चुलाको सम्बन्धन खारेज भएको छ।

यस्तै, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रीवेणी बहुमुखी क्याम्पस डडेल्धुरा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, श्री सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको सम्बन्धन खारेज भएको छ।

जम्मा २५ मध्ये १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएको त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीले बताए। त्रिवि अन्तर्गत २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ। जसमा सुदूरपश्चिमका १५ वटा क्याम्पस रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *