१३ भाद्र २०८३, शनिबार August 29, 2026

रेशम चौधरीलाई जेल हाल्नु पर्ने कुनै कारण थिएन : केपी ओली

२२ बैशाख २०७९, बिहीबार
रेशम चौधरीलाई जेल हाल्नु पर्ने कुनै कारण थिएन : केपी ओली

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई बिना कारण जेलमा राखेको बताएका छन् ।बिहीवार कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका हुन् ।
ओलीले भने, ‘यो कैलालीमा टीकापुर घटना भयो । सो घटनाले गर्दा यहाँका थारु नेताहरु अहिले पनि जेलमा छन् । रेशम चौधरी र थारु नेताहरुलाई जेल हाल्नुपर्ने कुनै कारण छैन । अनैकौं हजार मान्छे मारिए, उनीहरूले जेलमा हुनु पर्ने तर थारु नेताहरूमाथि सरकारले हुँदै नभएको मुद्दा लगाएर थुनेर राखेको छ ।’
यस्तै उनले सरकार नढलेको भए उक्त समस्या समाधान भइसक्ने बताए । उनले समस्या समाधानका लागि आफूले थारु अगुवाहरुलाई बोलाएर सहमति गरेको बताए ।
उनले अहिलेको सरकार दस महिना वितिसक्दा समेत समस्याको समाधान नगरेको आरोप लगाए । उनले आफू सरकारमा रहँदा थारु कल्याणकारिणी सभालाई बोलाएर सहमति गरेको बताए । त्यसबेला गृहमन्त्री रामबहादुर थापा थारुहरुले धर्ना दिएकै ठाउँमा माग पूरा गर्न पलेटी कसेर समर्थन जनाएका थिए ।