किशोरकिशोरीलाई समाज रुपान्तरण कक्षा


मसुरिया । किशोर किशोरीको जिवनमा आउने विभिन्न परिवर्तन र सहि समयमा निर्णय तथा सिपको प्रयोग गर्ने ‘रुपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक आत्मा रक्षा’ साप्ताहिक कक्षा सुरु भएको छ । किशोरावस्थामा हुने शारीरिक मानसिक तथा संवेगात्मक भावहरूको समग्र सकारात्मक विकास गर्ने उद्देश्यले कक्षा सुरु गरिएको हो ।
ग्रामीण क्षेत्रमा बिगत केहि बर्ष यता दिनानुदिन बढदै गई रहेका महिला हिंसाका घटनाहरु न्यूनीकरणका लागि किशोरीहरुमा आत्म रक्षा सीप प्रदान गरि ,समाजमा बढिरहेका बाल बिवाह, छाउपडी प्रथा जस्ता सामाजिक कुरीतिको सामाजिक सोचमा परिवर्तन गर्न किशोरकिशोरीको सहभागितामा कक्षा सञ्चालन गरिएको छ । सामाजिक कुसंस्कार परिवर्तनको सुनिस्चित किशोरावस्थामा हुने र सकारात्मक विद्रोहलाई घरपरिवार र समाजमा विद्यमान अव्यवहारिक क्रियाकलाप रोक्ने उदेश्यका साथ कैलालीको भजनी, घोडाघोडी, गौरीगंङ्गा, टीकापुर नगरपालिकाका २१ वटा वडाहरुमा प्रत्येक शनिबार सन्चालन हुने गरि रुपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक आत्म रक्षा सम्बन्धि साप्ताहिक कक्षाहरु शनिबारबाट सञ्चालन भएका छन् । रुपान्तरण कक्षा ३० वटा शनिबार सम्म निरन्तर रुपमा संचालित हुनेछन । प्रत्येक कक्षामा २५ जना किशोरी किशोरको सहभागिता रहेको छ भने कक्षाको संचालन साथी शिक्षकहरूले गर्ने छन् ।
वर्ड भिजन ईन्टर नेशनल नेपाला र बाल कल्याण संघ टीकापुरको साझेदारीमा संचालित एकीकृत संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तरगत रुपान्तरण कक्षा सुरु गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *