कञ्चनपुरमा अवैध समान बरामद


धनगढी। कञ्चनपुर प्रहरीले साढे दुई रुपैयाँभन्दा बढीको अवैध समान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका–५ को हरीयाली सामुदायिक वन क्षेत्रबाट लेडिज सुट, बिडी लगायतका अन्दाजी दुई लाख चार हजार रुपैयाँ बराबरका समान बरामद गरिएको जानकारी दिए ।

सोही कार्यालयको टोलीले पुष ६ गते ३० हजार रुपैयाँ बराबरका उनिको सुट पनि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको टोलीले दोधाराचाँदनी नगरपालिका–७ को कञ्जभोजबाट चिनी, अण्डा लगायतका गरेर साढे २८ हजार रुपैयाँ बराबरको अवैध समान बरामद गरेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

उनका अनुसार बरामद गरिएका समान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली र गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *