लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : हसुलियामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता


हसुलिया । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत कैलालीको कैलारी गाउँपालिकामा विभिन्न किसिमका कार्यक्रम आयोजना गरि मनाउँदै आएको छ । यसै सन्दर्भमा बुधबार गाउँपालिका अन्र्तगत रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हसुलियामा सम्पन्न भएको छ । ‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ शिर्षकमा भएको प्रतियोगितामा ८ वटा माविका १७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा राष्ट्रिय मावि विचैपुरका एलिजा चौधरी प्रथम, कृष्ण थापा द्धितिय र ब्राइट स्टार इङ्गलिस स्कुलका रीता चौधरी तृतीय भएका थिए । उक्त प्रतियोगितामा प्रथम ,द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने सबैलाई १० डिसेम्बर अन्तराष्ट्रिय मानव अधिकार दिवश र लैङ्गिक हिङ्सा विरुद्धको १६ दिने अभियानको समापन समारोहमा पुरस्कृत गरिने महिला तथा बालबालिका शाखा प्रमुख बाल कुमारी चौधरीले जानकारी दिइन् ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारुले लैङ्गिक हिंसा न्युनीकरण गर्न सबैले आफ्नो घरबाटै शुरु गर्नु पर्ने बताइन् । यसका लागि विद्यार्थी मार्फत नै लैङ्गिक हिंसा न्युनीकरण सचेतना अभिवृद्धि गर्न सम्भव रहेको बताउँदै उनले वक्तृत्वकला प्रतियोगिताले बालबालिकाहरुको क्षमता विकास हुनुका साथै महिला हिंसा र विभेद समेत न्युनकीरण गर्न मद्दत पुग्ने बताइन् । यसका साथै उनले उपाध्यक्ष थारुले परम्परागत चालचलन रितिरिवाजका आधारमा गरिने विभेद न्युनीकरणका लागि विद्यालय स्तरीय कार्यक्रमहरु पनि गाउँपालिकाको प्राथमिकतामा रहेको बताइन् ।
कार्यक्रममा शाखा प्रमुख गणेश प्रसाद मिश्रले लैङ्गिक हिंसा न्युनीकरण गर्न विद्यार्थीले नै आफ्नो घरपरिवार छरछिमेकमा चेतना फैलाउन सहयोग गर्ने बताए । प्रतियोगिताको निर्णायकमा सामाजिक विकास शाखा प्रमुख यगम कलेल र रोजगार शाखा प्रमुख निता भण्डारी रहेका थिए ।


नोभेम्बर २५ देखि सञ्चालन भएको अभियान अगामी १० डिसेम्बरसम्म कैलारी गाउँपालिका अन्र्तगत विभिन्न किसिमका कार्यक्रम गरि मनाउँदै आएको महिला तथा बालबालिका शाखा प्रमुख चौधरीले जानकारी दिइन् ।
अभियान अन्र्तगत पारिवारिक संवाद कार्यक्रम, महिला पुरुष समविकास तालिम, सासू बुहारी अन्तरक्रिया कार्यक्रम, बालविवाह न्युनीकरण र लागुऔषध दुव्र्यसन न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता रहेको छ ।
कैलारी गाउपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको अभियानलाई सफल पार्नका नेपाल रेडक्रस सोसाईटी एमरेड परियोजना, मर्सिकोर, ओरेक नेपाल, सामाजिक सेवा अध्ययन केन्द्र, समीक्षा महिला बहुउद्देश्यी सहकारी संस्था, पारदर्शी, चेतनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, कालिका कृषि सहकारी संस्था, दलित महिला अधिकार मञ्च लगायत संघ संस्थाकोे सहकार्य रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *