मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्लकन


काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि मतदाता नामावली संलकनसम्बन्धि विशेष अभियान सञ्चालन गर्ने जनाएको छ ।
मतदाता नामावली ऐन, २०७३ बमोजिम नियमित रुपमा ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन कार्यलाई निरन्तरता दिँदै मङ्सिर १७ गतेबाट ६३७ वटा स्थानीय तहको केन्द्रमा मतदाता नामावली सङ्कलन हुने आयोगले जनाएको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावली सङ्कलन कार्य हिमाल र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुने जनाएको छ । त्यस्तै तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।
आयोगका अनुसार सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरि आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको ना मतदाता नामावलीमा समावेश गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *