-
कुरीति हटाउन दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त

बैतडी, १६ साउन । बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका सस्कारशिरोमणी ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका छन्। पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेश ,विभिन्न ब्रतकाथा लगायत चार सय एघार भन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान थालेका हुन्। दलित बस्तीमा धार्मिक कुरीति हटाउन…
-
नदि कटानले हौसलपुर झोलुङ्गे पुल जोखिममा

धनगढी, १५ साउन । कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल जोखिममा परेको छ । पुलको पश्चिमतर्फको पिल्लर कटानमा परिरहेकाले पुल जोखिममा परेको हो । यो पुल नेपाल–भारतका नागरिकबिचको सम्बन्धको सेतु बन्दै आएको छ ।स्थानीयका अनुसार गत वर्षदेखि पुलको पिल्लरतर्फ कटान सुरु भएको थियो । यस वर्ष थप कटान भइरहेको कैलारी गाउँपालिका–७, भुइँयाफाँटाका दीपेन्द्र चौधरीले…
-
भदौ १ गते ‘गुरही’ पर्व, धनगढीमा भव्यताका साथ मनाइने

धनगढी, १२ साउन । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ यस वर्ष पनि धनगढीमा भव्यताका साथ मनाउने भएको छ ।सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीमा भएको थारु अगुवाहरुको बैठकले यस वर्ष पनि धनगढीमा गुरही पर्व मनाउने भएको हो । सञ्जालकी अध्यक्ष सुनिता चौधरी सानुले यस वर्षपनि विभिन्न कार्यक्रमको आयोजना गरी धनगढीको गुरही चौकमा गुरही पर्व…
-
३२औँ विश्व आदिवासी दिवस भव्यताका साथ मनाइने

काठमाडौं, ११ साउन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा…
-
थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी

धनगढी, ९ साउन । थारू लेखक संघ नेपालको अध्यक्षमा कविता चौधरी (काव्य) कैलाली सर्वसम्मत चयन भएकी छन् । शनिबार धनगढीमा भएको संघको चौथो अधिवेशनबाट अध्यक्ष सहित नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संघकी उपाध्यक्षमा सुनिता चौधरी (सानु) कञ्चनपुर, राजुराज चौधरी (कैलाली), सहसचिवमा बालमोती चौधरी (कैलाली), कोषाध्यक्षमा लक्ष्मी राना (कञ्चनपुर) रहेका छन् ।त्यसैगरि…
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ

धनगढी, २ साउन । कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो ।सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते,…