Category: समाचार

  • नेपाल लोकतान्त्रिक पार्टीको कैलाली अध्यक्षमा माधब थारु

    नेपाल लोकतान्त्रिक पार्टीको कैलाली अध्यक्षमा माधब थारु

    कैलाली । नेपाल लोकतान्त्रिक पार्टीको कैलाली जिल्ला अध्यक्षमा थरुहट नेता माधब थारु चयन भएका छन् । नेपाल लोकतान्त्रिक पार्टी र थरुहट थारुवानको संयूक्त संगठन विस्तार अभियानबाट नेता थारुलाई अध्यक्षमा चयन गरिएको हो । संगठन विस्तारले उपाध्यक्षमा देशराज चौधरी सचिबमा प्रदेशी चौधरी लगायत ३५ सदस्यीय कमिटि गठन गरेको छ । नेपाल लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘नमस्ते’…

  • साथी शिक्षकलाई जीवन उपयोगी सीप र आत्मरक्षा तालिम

    साथी शिक्षकलाई जीवन उपयोगी सीप र आत्मरक्षा तालिम

    कैलाली । टीकापुरमा जीवन उपयोगी सीप र आत्मरक्षा तालिम सम्बन्धि १३ दिने रुपान्तरण तालिम सम्पन्न भएको छ ।बाल कल्याण संघ टीकापुर र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त आयोजनामा भएको एकिकृत बाल संरक्षण परियोजना अन्तर्गत रुपान्तरण तालिम कैलालीका ५ वटा पालिकाका किशोरकिशोरीलाई समावेश गरिएको थियो । कैलालीको टीकापुर, भजनी, घोडाघोडी, गौरीगंगा र कैलारी गापा मा रुपान्तरण…

  • अर्जुन हत्या प्रकरण : आठ बुँदे माग राख्दै गाउँपालिकामा तालाबन्दी

    अर्जुन हत्या प्रकरण : आठ बुँदे माग राख्दै गाउँपालिकामा तालाबन्दी

    धनगढी । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले बिहीबार गाउँपालिका बन्द गरेका छन् ।हत्यामा संलग्नलाई (आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत, उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षा) लगायत ८ बुँदे माग राखेर पीडित पक्षले आन्दोलन जारी राखेका हुन् । मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन…

  • कैलारीलाई साक्षर गाउँपालिका घोषणा

    कैलारीलाई साक्षर गाउँपालिका घोषणा

    हसुलिया । थारु समुदायको बाहुल्यता रहेको कैलालीको कैलारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ ।साक्षर घोषणाका लागि सो गाउँपालिकाले मापदण्ड पूरा गरेपछि बुधबार हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरी साक्षर गाउँपालिका घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिको साक्षरता प्रतिशत ९५ पुगेमा साक्षर घोषणा सकिने नेपाल सरकारले मापदण्ड निर्धारण…

  • निमावि तृतीय श्रेणीका लागि झन्डै २६ सय शिक्षकका लागि विज्ञापन खुल्यो

    निमावि तृतीय श्रेणीका लागि झन्डै २६ सय शिक्षकका लागि विज्ञापन खुल्यो

    काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले बुधबार वेबसाइटमा सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरिएको हो । नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय…

  • महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल

    महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल

    हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा रहेका १२५ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरिएको छ ।चालू आर्थिक वर्षको कार्यक्रम अनुसार कैलारी गाउँपालिकाको कार्यालयले उनीहरुलाई साइकल दिएको हो । मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौवा र प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले…