-
चैतन्य पाठशालाले ४५ जना विद्यार्थीलाई पूर्ण छात्रवृतिमा पढाउने

धनगढी, २९ बैशाख । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगर अवस्थित चैतन्य पाठशालाले ४५ जना विद्यार्थीलाई कक्षा ११ मा पूर्ण छात्रवृतिमा पढाउने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिम क्षेत्रका आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई कक्षा ११ मा निःशुल्क शिक्षा प्रदान गर्ने जनाएको छ । शिक्षासँगै संस्कार, विज्ञान, प्रविधि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा…
-
नेम्स क्लबलाई भजहर कपको उपाधि

धनगढी,२५ बैशाख । कैलालीको कैलारी गाउँपालिकामा भएको ‘छैठौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को उपाधि बर्दियाको नेम्स क्लबले जितेको छ । श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भएको प्रतियोगिताको फाईनलमा जित हात पार्दै नेम्सले उपाधि जितेको हो । कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको फाईनलमा आयोजक श्री युवा…
-
नेम्स क्लब भजहर कपको फाईनलमा

धनगढी, २३ बैशाख । बर्दियाको नेम्स क्लब कैलालीको कैलारी गाउँपालिकामा भईरहेको ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को फाईनलमा प्रवेश गरेको छ । श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा जित हात पार्दै नेम्स क्लब उपाधि भिडन्तमा पुगेको हो । कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा…
-
कृषकको समस्या सरकारले समाधान गर्छ : मन्त्री चौधरी

धनगढी, २२ बैशाख । धनगढी नगर भलमन्सा समितिले कृषकले झेलिरहेका समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास एवम् वन तथा वातावरण मन्त्री गीता चौधरीसँग माग गरेको छ । समितिले कैलाली, कञ्चनपुरका किसानको तर्फबाट मन्त्री चौधरीलाई मागपत्र बुझाउँदै कृषकको समस्या समाधान गर्न माग गरेको हो । समितिका अध्यक्ष रोहित चौधरीले मन्त्रीलाई मागपत्र बुझाएका थिए ।कृषिमा बिचौलिया…
-
विपन्नका लागि साहारा बन्दै ’गाउँले डाक्टर’ हरिलाल

अविनाश चौधरीधनगढी, १९ बैशाख । कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका ७७ वर्षीय हरिलाल चौधरी विपन्न नागरिकका लागि ’गाउँले डाक्टर’ साबित भएका छन् । उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका र नशा एवं हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीका लागि चौधरी भरपर्दो वैद्य बनेका हुन् । कुनै औपचारिक चिकित्सा शिक्षा हासिल नगरे पनि उनले सानै उमेरदेखि सिकेको सीपका आधारमा बिरामीहरूलाई…
-
धनगढीमा हाफ म्याराथन हुँदै

धनगढी, १५ बैशाख । कैलालीको धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी जेसिजको आयोजनामा यही बैशाख १८ गते प्रतियोगिता हुने जनाइएको छ । प्रत्येक वर्ष वैशाख १ गते हुने कार्यक्रम यस पटक वैशाख १८ गते हुन लागेको आयोजक धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाले जानकारी दिए ।“अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ आयोजना…